घटनास्थलमा अध्ययन गर्दै भूगर्भविद्को टोली
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर हराइरहेको ना ४ च ४८३३ नम्बरको योद्धा डिआइको सम्भावित लोकेसन पत्ता लगाइएको छ।
सोमबार सम्म विभिन्न तरिकाले खोजी गर्दा फेला परेपछि हेटौंडा उपमहानगरपालिकाले काठमाडौंबाट भूगर्भविद् नारायण अधिकारी सहित ४ जनाको टोलीले बोलाएको थियो। टोली मंगलबार बिहानबाट घटनास्थलमा खटिएका थिए।उनीहरुले प्रोटोन म्याग्नेटो मिटर, पावर अगर लगायतका विधि मार्फत घट्नास्थल आसपास अध्ययन गरेका थिए।
माछाको दाना दिन हेटौंडा बजार जाँदै गर्दा जमिन भासिएर बेपत्ता भएको गाडी पत्ता लगाउन परिचालित भूगर्भविद्को टोलीले मंगलबार अपरान्ह सम्भावित लोकेसन फेला पारेका हुन् । प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरी उक्त गाडीको सम्भावित लोकेसन पत्ता लगाइएको भूगर्भविद् कृष्ण पाण्डेले जानकारी दिएका छन्।
उनका अनुसार गाडीमा चुम्बकीय वस्तु धेरै हुने भएकाले चुम्बकीय वस्तु पत्ता लगाउने प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरिएको हो । गाडी जमिनमुनि भासिएर हराएको ठाउँको वरपर यसरी प्रोटोन म्याग्नेटोमिटर प्रयोग गर्दा एक ठाउँमा चुम्बकीय वस्तु रहेको सङ्केत अन्य स्थानको तुलनामा निकै बढी आएको उनले बताएका थिए । लोकेसनका आधारमा भासिएको स्थानको पूर्व पट्टी गाडी रहेको अनुमान गरिएको छ। यद्यपी गाडी भने फेला नपरेको जनाइएको छ। घटनास्थलको अध्ययन गरिरहेका भूगर्भविद् नारायण अधिकारीले सो क्षेत्रको भुबनोट निकै कमजोर र तरलता युक्त रहेको छ।माथिल्लो भागमा केही माटो भरिएपनि तल्लो भागमा बालुवा तथा दलदल युक्त माटो रहेको बताएका छन् । बुधबार थप अध्ययन पछि सवारी फसेको स्थान स्पष्ट हुने जनाइएको छ।
१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जील्लाको...
१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...
१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...
१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...
१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...
४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...
३१ जेठ, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१५ डाईभरडाँडामा ब्रेक फेल...
७ असार, भण्डारा । चितवनको डडुवामा यात्रुवाहक बस र ईभी (भ्यान) माइक्रो एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको...