२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको छ।फेकोफन मकवानपुरको आयोजनामा जिल्ला परिषद सम्पन्न गरेको हो।
फेकोफन जिल्ला अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यतामा परिषद सम्पन्न भएको हो।फेकोफन मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारीले आर्थिक प्रतिवेदन र अध्यक्ष चौलागाईले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
परिषद्को अवसरमा महासंघका संस्थापक अध्यक्ष पुष्पराज पराजुली,निवर्तमान अध्यक्ष पञ्चमाया स्याङ्तान, पूर्व परियोजना संयोजकद्धय रुजन ओझा र सुसन विश्वकर्मा लगायत अन्य व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, डिभिजन वन कार्यालय राप्तीका प्रमुख सुरेश प्रसाद गुप्ता, डिभिजन वन कार्यालय हेटौंडाका वन अधिकृत बसन्तराज गौतम, पारिवारिक निजी वन महासंघका महासचिव आरती पाठक, स्थानीय महासंघ राक्सिराङका अध्यक्ष थलबहादुर थापा, निवर्तमान अध्यक्ष पञ्चमाया स्याङ्तान लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा नेकपा एमालेका सचिव सीता विष्ठ, राप्रपा नेपालका गुरुप्रसाद सापकोटा, नेकपा एसका उपसचिव किशोर बर्तौला, नेकपा माओवादी केन्द्रका जीवन गोले, गैसस महासंघका अध्यक्ष रमिला सापकोटा, नेफिन मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो । महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाईले परिषद्का उद्देश्य, समस्याहरुको विषयमा आफ्ना भनाई राखेका थिए ।
१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जील्लाको...
१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...
१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...
१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...
१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...
४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...
३१ जेठ, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१५ डाईभरडाँडामा ब्रेक फेल...
७ असार, भण्डारा । चितवनको डडुवामा यात्रुवाहक बस र ईभी (भ्यान) माइक्रो एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको...