३ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवस मनाएको छ। दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई नगद सहित सम्मानीत गरेको छ ।
संघले शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। संघले नन्दबहादुर महर्जन स्मृती राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई नगद राशी ११ हजार १११ रुपैयाँ सहित पुरस्कृत गरिएको हो । तीन दशक देखी छापा माध्यमका सक्रिय रहेका वाग्ले विश्व घटना च्यानलमा आवद्ध छन् । संघले मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई स्व. धनमान श्रेष्ठ स्मृती कलाकर्मी सम्मान २०८२ बाट रंग संयोजक रेनिस फागोलाई नगद सहित सम्मान गरेको छ । दुई सय भन्दा बढी चलचित्रमा रंग संयोजन गरेका उनको चलचित्र प्रेम गीतका सिरिज्, काली, सेतो बाघ, १२ गाउँ, पिताम्बर, नरसिंहा अवतार चर्चित चलचित्र हुन् ।
त्यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२बाट पुरस्कृत गरिएको छ । अधिकारी दुई दशकदेखी रेडियोमा सक्रिय रहेका छन् । दिवसकै अवसरमा पहिलो पटक बोक्सीको घर चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी हेटौंडाकी बालकलाकार शुपला सापकोटालाई अभिनय यात्रामा अझै सफलता मिलोस् भन्ने हेतुले प्रशंसा पत्रले सम्मान गरिएको थियो । सम्मानीत सबैलाई प्रमुख अतिथि मन्त्री खड्काले सम्मान प्रदान गरेका थिए। विस २०५६ जेष्ठ ७ गते संघ स्थापना भएकाले हरेक वर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय पूर्व अध्यक्ष शान्तिप्रिय,नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, पूर्व अध्यक्ष राममणि दाहाल, हेटौंडा उपमहानगरपालिका वडा ६ का अध्यक्ष विष्णु दाहाल, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल(वान)का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई, संघका सल्लाहकारहरु, रुपेश दुलाल, सुशान्त श्रेष्ठ,अमिर गौतम, प्रेस सेन्टर प्रदेश अध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतरी प्रदेश महासचिव प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ, एनएस सिनेमाका प्रवन्धक नवराज आचार्य, ओम्याक्स हलका सञ्चालक राम राजभण्डारी,रंगकर्मी भोलाराज सापकोटा, उज्वल शर्मा भण्डारी, चलचित्र नरसिंहा अवतारका निर्माता ध्रुव न्यौपाने, दीपक ढकाल, कलाकार राज कटुवाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको थियो ।
१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जील्लाको...
१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...
१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...
१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...
१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...
४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...
३१ जेठ, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१५ डाईभरडाँडामा ब्रेक फेल...
७ असार, भण्डारा । चितवनको डडुवामा यात्रुवाहक बस र ईभी (भ्यान) माइक्रो एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको...