३ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवस मनाएको छ। दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई नगद सहित सम्मानीत गरेको छ ।
संघले शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। संघले नन्दबहादुर महर्जन स्मृती राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई नगद राशी ११ हजार १११ रुपैयाँ सहित पुरस्कृत गरिएको हो । तीन दशक देखी छापा माध्यमका सक्रिय रहेका वाग्ले विश्व घटना च्यानलमा आवद्ध छन् । संघले मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई स्व. धनमान श्रेष्ठ स्मृती कलाकर्मी सम्मान २०८२ बाट रंग संयोजक रेनिस फागोलाई नगद सहित सम्मान गरेको छ । दुई सय भन्दा बढी चलचित्रमा रंग संयोजन गरेका उनको चलचित्र प्रेम गीतका सिरिज्, काली, सेतो बाघ, १२ गाउँ, पिताम्बर, नरसिंहा अवतार चर्चित चलचित्र हुन् ।
त्यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२बाट पुरस्कृत गरिएको छ । अधिकारी दुई दशकदेखी रेडियोमा सक्रिय रहेका छन् । दिवसकै अवसरमा पहिलो पटक बोक्सीको घर चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी हेटौंडाकी बालकलाकार शुपला सापकोटालाई अभिनय यात्रामा अझै सफलता मिलोस् भन्ने हेतुले प्रशंसा पत्रले सम्मान गरिएको थियो । सम्मानीत सबैलाई प्रमुख अतिथि मन्त्री खड्काले सम्मान प्रदान गरेका थिए। विस २०५६ जेष्ठ ७ गते संघ स्थापना भएकाले हरेक वर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय पूर्व अध्यक्ष शान्तिप्रिय,नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, पूर्व अध्यक्ष राममणि दाहाल, हेटौंडा उपमहानगरपालिका वडा ६ का अध्यक्ष विष्णु दाहाल, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल(वान)का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई, संघका सल्लाहकारहरु, रुपेश दुलाल, सुशान्त श्रेष्ठ,अमिर गौतम, प्रेस सेन्टर प्रदेश अध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतरी प्रदेश महासचिव प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ, एनएस सिनेमाका प्रवन्धक नवराज आचार्य, ओम्याक्स हलका सञ्चालक राम राजभण्डारी,रंगकर्मी भोलाराज सापकोटा, उज्वल शर्मा भण्डारी, चलचित्र नरसिंहा अवतारका निर्माता ध्रुव न्यौपाने, दीपक ढकाल, कलाकार राज कटुवाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको थियो ।
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...








-nepal-1792111426.jpg)









