Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको पालुङमा बसको ठक्करबाट दुईको मृत्यु,चार घाइते

Screenshot_20250526_21044-1748272850.jpg

१२ जेठ, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहानगरपालिका वडा नम्बर-३ नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र नजिकै बसले ६ पैदलयात्रीलाई ठक्कर दिदा २ जनाको मृत्यु भएको र अन्य ४ घाइते भएका छन।

सोमबार अपरान्ह बज्रबाराही गोपाली गाँउबाट थानाबजार तर्फ जादै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिरहेका ६ जनालाई ठक्कर दिदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।मृत्यू हुनेमा पैदलयात्री हालसम्म वतन नखुलेको अन्दाजी ३५।४० वर्षीय कृष्ण बलामी,  वतन नखुलेकै अन्दाजी ३५।४० वर्षीय लोकेन्द्र कुमार ठाकुर रहेको जनाइएको छ।मृतक बलामी लेखापढी गर्ने र ठाकुर सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर भई हाल झम्केश्वरी माविका शिक्षक रहेको जनाइएको छ। उनीहरु दुवैको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। त्यसैगरी बसको ठक्करबाट हालसम्म वतन नखुलेको अन्दाजी ३५/३६ वर्षीय रघुनन्दन यादव(झम्केश्वरी मावि कै शिक्षक रहेको) , हाल वतन नखुलेको  अन्दाजी ३५/३६ वर्षीय कमलेश कुमार साह, बारा जितपुर सिमरा -१७ बस्ने  अन्दाजी ३२ वर्षीय छेयाङ दोर्ज लामा र  बारा कोल्बि नगरपालिका ०१ बस्ने अन्दाजी ३० वर्षीय रामगुलाम चौधरी  घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते यादव र साहाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि ट्रमा टेन्टर काठमाडौं पठाइएको र अन्य दुईको पालुङमै उपचार भइरहेको छ। ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उक्त बसले थाहानगरमा उप प्रमुख भरत गोपालीको घरमा समेत क्षति पुर्याएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार