Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशमा संचालन भएको एक महिने व्यूटिसियन तथा मेकअप तालिम समापन

Screenshot_20250529_20195-1748529776.jpg

१५ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा सञ्चालन भएको एक महिने व्यूटिसियन तथा मेकअप तालिम बिहीबार सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको सहयोगमा हिमगंगा ग्रामीण विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन भएको तालिम बिहीबार सक्किएको हो। 
कैलाश वडा नम्बर ९ का अध्यक्ष भूवन सिं घलानको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सीप दीगोपनाका लागि  टिकाउ र बिकाउ हुनुपर्ने बताउँदै तालिम लिएकाहरुको  सीप बिक्नुपर्ने बताएका छन् । उनले सीप सिकेर उद्यम बन्नुपर्नेमा जोड रहेको भन्दै बैकुण्ठमा होमस्टे तालिम पश्चात होमस्टे सञ्चालन सुरु भएको बताए । 
आर्थिक वृद्धिका लागि पर्याप्त स्रोत छैन्, तैपनि प्रदेश र संघीय सरकारसँग तालिम सीपको लागि योजना माग  गरेर भएपनि तालिमहरुको आयोजना गर्दै आइरहेको अध्यक्ष मुक्तानले बताए । उनले सीप पश्चात व्यवसायिक रुपमा लाग्न सबै सहभागिहरुलाई आग्रह समेत गरेका छन् । 
कार्यक्रममा सीप सिकेर उद्यम बन्न गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले आग्रह गरेका छन् । व्यवसाय गर्न नसके पनि गाउँठाउँमा घरदैलो गरेर पनि सीपलाई आम्दानीमा जोडर अघि बढ्नुपर्ने बताउँदै तालिममा राज्यको लगानी परेकाले सिकेको सीपलाई भरपुर सदुपयोग गर्नुपर्ने जोड दिए । तालिमका सहभागी तारा थिङले सीप पश्चात पार्लर सञ्चालन गर्न सकिने बताउँदै व्यूटिसियन तालिम हामीले एडभान्स  तालिम लिन सके अझै निखारिने बताईन् । समूहमा मिलेर वा एक्दै घरदैलो गरेर भएनि आफु सिकेको सीपलाई भरपुर सदुपयोग गर्ने प्रतिवद्धता जनाईन् । 
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सुमित्रा थिङ, कार्यक्रम संयोजक इन्दिरा न्यौपाने,  ९ नम्बर वडा सचिव पुजा बल्लभ, महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख रमिला सापकोटा, तालिमका प्रशिक्षक माला श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।  एक महिने व्यूटिसियन तथा मेकअप तालिम तथा ३ दिने उद्यमशीलता तालिममा १८ जना महिलाहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार