Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शान्ति सुरक्षामा कुनै कसर बाँकी रहन्न-डिआइजी पौडेल

Screenshot_20250609_21234-1749483543.jpg

२६ जेठ, हेटौंडा। भर्खरै बागमती प्रदेश प्रहरी प्रमुखको सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले प्रदेशभर शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नरहने प्रतिवद्धता व्यक्त गरेका छन् । 
प्रदेशका १०  जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै कुनै पनि आवरणमा हुने अपराधमाथि प्रहरीले कारवाही गर्ने बताएका छन् । प्रदेश प्रहरी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै आफ्नो कार्यकाल अपराधिक गतिविधि र गुण्डागर्दी नियन्त्रण प्राथमिकतामा रहने बताएका छन् ।‘मैले १० जिल्लाका प्रहरी प्रमुखलाई स्पष्ट निर्देशन दिएको छु 'शान्ति सुरक्षामा कुनै कम्परमाईज हुन्न'–उनले भने ।उनले पत्रकारको सुरक्षालाई समेत प्रहरीले विशेष ख्याल राख्ने बताएका छन् । 

सुरक्षाका लागि ठोस रणनीतिका साथ आफु अघि बढ्ने बताउँदै आफ्नो कार्यकालमा आपराधिक गतिविधिलाई न्यूनिकरणमा हरसम्भव प्रयत्न गर्ने दावि गरे । शान्ति सुरक्षा कायम गर्न नागरिकको भुमिका समेत महत्वपूर्ण हुने भन्दै उनले सहयोगका लागि आग्रह गरेका छन्।कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्का, बागमती प्रदेश प्रहरी गण हेटौंडाका एसपी हिम किरण बोगटी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगर, पूर्व अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुर ट्राफिक प्रमुख प्रहरी निरिक्षक बच्चुराम फूयाल लगायत चारकर्मीहरुको उपस्थिती रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार