१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मंगलबार बसेको १६ औ गाउँसभाको अधिवेशनले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।
गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसैगरी उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले मकवानपुरको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि चालु तर्फ ३२ करोड ८२ लाख ३ हजार १०० र पूँजीगत तर्फ २१ करोड ४ लाख १७ हजार गरी कुल बजेट ५३करोड ८६ लाख २० हजार १ सय विनियोजन गरेको बताएका छन् । उपाध्यक्ष मल्लले विनियोजन विद्येयक २०८२ प्रस्तुत गर्दै चालुखर्चतर्फ ३२ करोड ८२ लाख ३ हजार एक सय र पुजीँगत खर्चतर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ रहने बताए । आर्थिक विकासमा चालुतर्फ १ करोड २५ लाख ९७ हजार रहेको छ भने पूजीँगतखर्चमा एक करोड ५१ लख ६७ हजार रहेको छ । त्यस्तै, सामाजिक विकासमा चालुतर्फ २१ करोड १६ लाख १४ हजार र पूजीँगततर्फ २ करोड ३३ लाख ५० हजार रहेको छ ।
यसैगरी पूर्वाधार विकासमा पूजीँगततर्फ खर्च १६ करोड ४४ लाख रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालुतर्फ ७० लाख ९२ हजार एक सय र पूजीँगततर्फ २२ लाख रहेको छ ।
त्यस्तै, वातावरण तथा विपद्मा पूजीँगत खर्चमा ४३ लाख रहेको उपाध्यक्ष मल्लले बताए । गाउँपालिका प्रशासनिक खर्चमा चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार एक सय र पूजीँगत खर्चमा १० करोड रहेको छ ।त्यसैगरी आर्थिक विधेयक २०८२,विनियोजन विधेयक २०८२, बजेट वक्तव्य मध्यकाली खर्च संरचना २०८२ पनि आजको अधिवेशनले बहुमतले पारित गरेको हो। पालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा ५ करोड बढी हो।
१ साउन, हेटौंडा। वीपी राजमार्ग आजबाट राति १२ घण्टा संचालनमा रोक लगाइएको छ।राजमार्गको काभ्रेपलान्चोक–खण्डमा...
१ साउन, हेटौंडा। बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका...
१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्। असार २२ गते...
१ साउन, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा...
१ साउन, हेटौंडा । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । अधिवेशन बुधबार मध्यराति १२ बजेदेखि अन्त्य भएको...
१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको...
३२ असार, हेटौंडा। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा भाउजु हत्या अभियोगमा पक्राउ परेका व्यक्ति...
३२ असार, हेटौंडा । नेपालले साफ यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध जित निकालेको...
३० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरको एक सामुदायिक विद्यालयलाई पहिलो विद्यालय बस हस्तान्तरण गरेको...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का...
१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत...
२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ...
२० असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले शुक्रबार विद्यार्थी र शिक्षकलाई सम्मान गरेको...