१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मंगलबार बसेको १६ औ गाउँसभाको अधिवेशनले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।
गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसैगरी उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले मकवानपुरको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि चालु तर्फ ३२ करोड ८२ लाख ३ हजार १०० र पूँजीगत तर्फ २१ करोड ४ लाख १७ हजार गरी कुल बजेट ५३करोड ८६ लाख २० हजार १ सय विनियोजन गरेको बताएका छन् । उपाध्यक्ष मल्लले विनियोजन विद्येयक २०८२ प्रस्तुत गर्दै चालुखर्चतर्फ ३२ करोड ८२ लाख ३ हजार एक सय र पुजीँगत खर्चतर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ रहने बताए । आर्थिक विकासमा चालुतर्फ १ करोड २५ लाख ९७ हजार रहेको छ भने पूजीँगतखर्चमा एक करोड ५१ लख ६७ हजार रहेको छ । त्यस्तै, सामाजिक विकासमा चालुतर्फ २१ करोड १६ लाख १४ हजार र पूजीँगततर्फ २ करोड ३३ लाख ५० हजार रहेको छ ।
यसैगरी पूर्वाधार विकासमा पूजीँगततर्फ खर्च १६ करोड ४४ लाख रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालुतर्फ ७० लाख ९२ हजार एक सय र पूजीँगततर्फ २२ लाख रहेको छ ।
त्यस्तै, वातावरण तथा विपद्मा पूजीँगत खर्चमा ४३ लाख रहेको उपाध्यक्ष मल्लले बताए । गाउँपालिका प्रशासनिक खर्चमा चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार एक सय र पूजीँगत खर्चमा १० करोड रहेको छ ।त्यसैगरी आर्थिक विधेयक २०८२,विनियोजन विधेयक २०८२, बजेट वक्तव्य मध्यकाली खर्च संरचना २०८२ पनि आजको अधिवेशनले बहुमतले पारित गरेको हो। पालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा ५ करोड बढी हो।
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...








-nepal-1792111426.jpg)









