Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मुकुलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

Mukul-Dhakal-1724741193-1750986067.jpg

१३ असार, हेटौंडा । आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री रहेको दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
ढकालले रास्वपाको महामन्त्रीको जिम्मेवारी सम्हाल्न पाउने गरी आदेश माग गरेका छन् । तर, सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि असार १७ गते दुवै पक्षलाई बोलाएको छ ।
ढकाललाई रास्वपाले गत वर्ष देशभर घुमेर बनाएको रिपोर्ट बुझाएपछि सार्वजनिक गरेर अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । कारबाहीविरुद्ध उनी निर्वाचन आयोगमा न्याय माग्न गएका थिए । उनलाई हटाएर नयाँ कार्यसमितिको कुनै जानकारी नरहेको भन्दै आयोगले पत्र दिएको थियो । त्यसपछि ढकालले महामन्त्रीको हैसियतमा बैठक बोलाउन रास्वपामा निवेदन दिएका थिए ।
तर, रास्वपाले निर्वाचन आयोगलाई गत वर्ष नै जानकारी गराएको भन्दै डा. मुकुललाई महामन्त्री स्वीकार नगर्ने संकेत दिएको थियो । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् ।
ढकालले बुधबार रिट दायर गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार