१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। विद्यालयले विशिष्ट जिपिए सहित उत्कृष्ट भएका विद्यार्थीहरुलाई विद्यालय र २ नम्बर वडा कार्यालयले संयुक्त रुपमा पुरस्कृत र सम्मान गरेको छ। बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संयुक्त रुपमा वडा कार्यालय र विद्यालयले विद्यार्थीलाई पुरस्कृत गरेको हो ।
३.६१ देखी ४ जिपीए ल्याउने अनुज पौडेल, उज्जवल रेग्मी, गौरव घलान, सावन्त यादव, अन्जली घिमिरे, दिपा न्यौपानेलाई नगद ५ हजार, प्रशासपत्र, खादाले सम्मान गरिएको थियो। त्यसैगरी ३.२१ देखि ३.६ जिपिए ल्याउने र बिषयगत परीक्षामा २.६१ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई प्रशंसापत्रले सम्मान गरेको हो ।
विद्यालयमा २०८१ को एसइई परीक्षामा सहभागी १४० जना विद्यार्थीमध्ये ३.६१ देखि ४ जिपिए ल्याउने ६ जना, ३.२१ देखि ३.६ जिपिए ल्याउने ३१ जना, २.८१ देखि ३.२० ल्याउने २८ जना, २.४१ देखि २.८० जिपिए ल्याउने २९ सहित ९४ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयलका प्रध्यानाध्यापक परमानन्द सरोज कर्णले जनाएका छन् । यसैगरी बधाई तथा सम्मान कार्यक्रममा विभिन्न विषयमा उत्कृष्ट अंक वा जिपिए हासिल गर्ने १५ जना विषयगत शिक्षकलाई खादा, प्रशंसापत्र, डायरी र कलमले सम्मान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णको सभाध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रममा हेटौंडा वडा नम्बर २का वडाध्यक्ष विष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यता र शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीको विशिष्ट आतिथ्य रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष मर्हजनले २ नम्बर वडामा एक मात्र सामुदायिक विद्यालय रहेकोले यस वर्षको नतिजाले खुशी तुल्याएको र मेहनत गर्ने विद्यार्थी र शिक्षकलाई धन्यवाद ज्ञापन गरेका थिए।
उनले २०८२ को एसइई परीक्षामा यस वर्षको नतिजा कायम गर्दै उत्तीर्ण संख्या बढाउने कुरामा आफू आशावादी रहेको जनाएका छन्।
कार्यक्रमका विशिष्ट अतिथि शिक्षा विकास समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीकले जिल्लाकै उत्कृष्ट मानिएको विद्यालयको नतिजाले सबैलाई खुशि तुल्याएको बताए। उनले शिक्षक र विद्यार्थीको सहकार्यले नतिजा संम्भव रहेको बताएका छन् । सम्मान कार्यक्रममा हेटौंडा २ नम्बर वडा सदस्य सुरज बतौँला,इन्द्र रिजाल,विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बलराम घिमिरे, सदस्य पिताम्बर बास्तोला, सिदार्थ ल क्याम्पसमा सहायक क्याम्पस प्रमुख राजु गौतम, अभिभावक र शिक्षक कर्मचारी लगायतको आतिथ्यता रहेको थियो ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









