Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

मेयर कपमा १ नम्बर वडाको विजयी शुरुवात

FB-Photo-1520083897.jpg

१९ फागुन, हेटौँडा । हेटौँडा शनिबारबाट शुरु भएको तेस्रो संस्करणको मेयरकप फुटबल प्रतियोगितामा १ नम्बर वडाले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ७ नम्बर वडालाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नम्बर १ ले विजयी शुरुवात गरेको हो । खेलको १६ अौं मिनेटमा ७ नम्बर वडाका अनिल थापाले गोल गर्दै अग्रता दिलाएका थिए । तर ७ नम्बर वडाका खेलाडि किरण गुरुङको आत्माघाति गोलपछि खेलको २३ औं मिनेटमा बराबरी भयो ।

खेलको ५२ अौं मिनेटमा सुमन लामाले १ नम्बर वडाका लागि विजयी गोल गरे । ७ नम्बर वडा प्रतियोगिताबाट बाहिरिएको छ । शनिबारको खेलको म्यान अफ द म्याच १ नम्बर वडाका कृष्ण लामा घोषित भए । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिले नगद १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सयका दरले पुरस्कार पाउने खेल व्यवस्थापक जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख खुसराज दाहालले बताए । प्रतियोगितामा नगरका १९ वडाका टिमको सहभागिता रहेको छ ।

आइतबार १५ नम्बर वडाले १० नम्बर वडासँग पहिलो खेल खेल्दा दोस्रो खेलमा १८ नम्बर र ३ नम्बर वडाबिच प्रतिष्पर्धा हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

थप समाचार