Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अछाममा सर्वसाधारण कुट्ने वडाध्यक्ष सहित २ जना पक्राउ

Screenshot_20241031_15341-1752718527.jpg

१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न  एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्।

असार २२ गते जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ स्थित सनसाइन प्लाजा होटलमा अछाम तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरबस्थानका  ३१ वर्षीय कर्ण बहादुर बुढालाई घेरा हालेर कुटपिटको घटनामा संलग्न मंगलसेन ९ जना मध्ये वडा नम्बर ५ का वडाध्यक्ष झंकार भाट सहित अन्य १ जनालाई अछाम प्रहरीले पक्राउ गरेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।

झंकार भाट सहित ३५ वर्षीय बल भाट ,बर्ष अन्दाजी २६ को कमल भाट, बर्ष अन्दाजी ३२ को मदन बिष्ट, ऐ. वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी २७ वर्षीय बिष्णे कठायत र अन्य नाम थाहा नभएका ४ जना गरी ९ जनाले बुढासँग वादबिवाद गरी निजलाई हात, मुक्का, लात्ता,धारीलो हतियार नक, खुकुरी र फलामको रड प्रहार घरी घाइते बनाएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख भण्डारीले जानकारी दिएका हुन्। 
बुढाको अनुहारको भाग चिउडोको भाग तथा शरीरको अन्य भागहरूमा गम्भिर चोटपटक लागेको, २  वटा दाँत भाँचिएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
घटनामा संलग्न मध्ये झंकर भाट र मदन बिष्टलाई पक्राउ  गरिएको र अन्यको खोजी कार्य भइरहेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झंकार भाट २०७९ सालमा भएको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेबाट मंगलसेन नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्षमा निर्वाचित भएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार