Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राजिनामा नदिने बताइरहेका मुख्यमन्त्री लामा राजिनामा दिने 'मुडमा'

IMG_20250801_160448-1754043601.jpg

१६ साउन, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि  मुख्यमन्त्रीको पदबाट राजिनामा नदिने  बताइरहेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले अन्ततः पदबाट राजीनामा दिने मुडमा पुगेका छन्।
गत बुधबार संसदीय दलको नेतामा पराजित भएपछि पत्रकारसँगको छोटो अन्तरक्रियामा, नेताको पदबाट पराजित भएपनि मुख्यमन्त्रीबाट राजिनामा नदिने बताएका लामाले अब राजिनामा दिने मुडमा पुगेको उनी निकट एकजना प्रदेश सांसदले बताएका छन् ।
बिहीबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री के पी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको बालुवाटारमा भएको छलफलमा समेत बागमती प्रदेशको संसदीय दलका नेता चयनको विषयले प्राथमिकता पाएपछि देउवाले मुख्यमन्त्री लामालाई काठमाडौं डाकेका थिए। 
सभापतिले बोलाए लगत्तै बिहीबार साँझै बुढानिलकण्ठस्थित देउवा  निवासमा पुगेर मुख्यमन्त्री लामाले सभापति देउवासँग भेट गरेको थिए।
देउवा र लामा बिचको वान टु वान भएको छलफलमा देउवाले लोकतान्त्रिक पद्धतिबाट दलको नेता चयन प्रक्रियालाई स्वीकारनु पर्नर भन्दै राजिनामा दिनुनै उपयुक्त हुने मुख्यमन्त्री लामालाई भनेका थिए स्रोतले उल्लेख गरेको छ। 
यता संसदीय दलका नेतामा निर्वाचित काग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले मुख्यमन्त्री लामाले राजिनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेका थिए।
देउवाको निर्देशनपछि शुक्रबार बिहान आफ्ना निकट सहयोगीहरूसँग सल्लाह गर्नुभएका मुख्यमन्त्री लामाले पार्टीको शीर्ष नेतृत्वको निर्देशनअनुसार अघि बढ्ने निर्णय गर्नुभएको  उनी निकट स्रोतले बताएको छ। लामा एक दुईनै हेटौंडा पुगेर पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिने उनी निकट सांसद तिर्थ लामाले जानकारी दिएका छन्। संसदीय दलको नेतामा लामा इन्द्रबहादुर बानियाँसंग ८ मतले पराजित भएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार