Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बहादुर सिंह लामाले आइतबार राजिनामा दिँदै

IMG_20250802_174612-1754136158.jpg

१७ साउन, हेटौंडा। नेपाली  कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट पराजित भएपछि सरकार छाड्न आनाकानी गरिरहेका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार राजिनामा दिने  भएका छन।
लामाले राखेको सर्तमा छलफल पछि संसदीय दलको नेतामा निर्वाचित इन्द्र बहादुर बानियाँले समर्थन जनाएपछि उनले आइतबार राजिनामा दिने लगभग निश्चित भएको हो। 
बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग वान टू वान वार्तामा देउवाले राजिनामा दिएर मार्ग प्रशस्त गर्न लामालाई निर्देशन दिएका थिए।
शुक्रबार र शनिबार आफु निकट सांसदसँगको छलफल पछि लामाले सभापति देउवा र बानियाँसँग सर्त राखेका थिए।
देउवाको उपस्थितिमा बुढानीलकण्ठमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्त राखेका थिए। मुख्यमन्त्री बन्दै गरेका बानियाँले उनको सर्तमा समर्थन जनाएपछि उनको राजीनामा लगभग निश्चित भएको हो। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालमा भर्ना भएकोले आइतबार हेटौंडा आएर राजीनामा दिने उनी निकट सासंद तिर्थ लामाले जानकारी दिएका छन्।
"शनिबारनै हेटौंडा गएर राजिनामा दिने तयारी रहेकोमा प्रदेश प्रमुख देवकोटा अस्वस्थ भएर उपचारार्थ रहनुभएकोले सम्भवतः भोली हेटौंडा पुगेर पत्रकार सम्मेलन गरेर राजिनामा दिनुहुन्छ" - लामाले भने।
गत बुधबार संसदीय दलको नेतामा पराजित भएपछि राजिनामा नदिने प्रतिक्रिया दिएका थिए। मुख्यमन्त्री लामाको राजीनामासँगै बागमती प्रदेश सरकार ढल्नेछ भने प्रदेश प्रमुखद्वारा  सरकार गठनका लागि मुख्यमन्त्रीको दावी पेश गर्न आव्हान गर्नेछन्। कांग्रेस - एमालेको गठबन्धन रहेको अवस्थामा भर्खरै कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका इन्द्र बहादुर बानियाँ सम्भवतः मुख्यमन्त्री बन्नेछन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार