प्रष्टखबर ब्युरो
२४ साउन, हेटौंडा। हेटौंडा ८ मा एक युवकको ब्याकमेलको सिकार भइ आत्महत्याको प्रयास गरेकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ।
केही दिनअघि हेटौंडा ८ कमानेमा छिमेकीकै एक पुरुषले पैसाका लागि ब्ल्याकमेल गरेपछि हेटौंडा-८ कमानेकी ३८ वर्षीया एक महिलाले साउन ९ गते आत्महत्या प्रयास गरेकी थिइन्।
हेटौंडा-८ का ४४ वर्षीय सुरज कार्कीले सामाजिक सञ्जालमार्फत परपुरुषसँगको अनैतिक सम्बन्धबारे आफूलाई जानकारी रहेको र पैसा नदिए अनैतिक सम्बन्धका बारेमा सार्वजनिक गर्ने चेतावनी दिएपछि महिलाले घरमै विष सेवन गरी आत्महत्याको प्रयास गरेको निजको परिवारले दावि गरेको छ ।विष सेवन गरेको ३ दिनपछि ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेटौंडामा उपचार सम्भव नभएपछि भरतपुर लगिएको थियो।भरतपुरबाट घरमा ल्याइएपनि स्वास्थ्यमा समस्या आएपछि हेटौंडा ११ चुरेहिल अस्पतालमा उपचारको लागि लगिएकोमा उनको उपचारको क्रममा बुधबार मृत्यु भएको जनाइएको छ।
यता परिवारका सदस्यले जानकारी दिए अनुसार गत १४ गते बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन, साइबर अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको छ । मुद्दा दायर हुदा समेत प्रहरीले कुनै सुनुवाइ नगरेको परिवारजनले आरोप लगाएको छ। कार्की हाल फरार रहेका छन्। फरार कार्की विरुद्ध ३ वटा मुद्दा परेको र खोजी कार्य जारी रहेको र प्रहरी उनको खोजीमा लागिरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन्।
यता मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले प्रष्टखबरसंग कुरा गर्दै भने घटनाको जानकारी प्रहरीले पाएलगत्तै परिवारका सदस्य, फरार व्यक्तिका आफन्तसंग सोधपुछ भइरहेको र छिट्टै फारर व्यक्तिलाई पक्राउ गर्ने बताएका छन्।
"घटना दुःखद हो,घटनाको फरक फरक एङ्गलबाट अनुसन्धान जारी छ, म आफै लागिपरेको छु, ढिलो चाँडो पिडितलाई न्याय दिन्छौ-"एसपी खड्काले भने। यता जाहेरी परेका व्यक्तिको पक्राउ र उचित न्यायको प्रत्याभूति नभएसम्म शव नबुझने परिवारका सदस्यले जानकारी दिएका छन्। मृतकको शव अस्पतालमै रहेको छ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









