Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँले आज विश्वासको मत लिंदै, असन्तुष्ट सांसदले पनि मत दिने

IMG_20250805_170206-1754965756.jpg

प्रष्टखबर ब्युरो

 २७ साउन, हेटौंडा। साउन २० गते बागमती प्रदेशका  छैठौं मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन्। अपरान्ह ४ बजेका लागि बोलाइएको बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । कांग्रेसका ३७ र एमालेको २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीको बनेका बानियाँले २७ गते विश्वासको मत लिन सभाको सचिवालयमा सूची दर्ता गराएका थिए। संविधानको धारा १६८ को उपधारा (२) अनुसार गठित सरकारका मुख्यमन्त्रीले १ महिना भित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।

कांग्रेसका असन्तुष्ट १४ सासंदले बानियाँलाई मत दिने
विश्वासको मत लिने समय नजिकिदा असन्तुष्ट बनेका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा निकट १४ सासंदले  आफ्ना माग सम्बोधन नभए राजिनामा दिने बताइरहदा अन्ततः बानियाँलाई मत दिन तयार भएको स्रोतले बताएको छ।
१४ सांसदको असन्तुष्टि पार्टी सभापति शेरबहादुर देउवा निवास सम्म पुगेपछि, बानियाँ र लामालाई राखेर मिलाएर जान र बानियाँलाई विश्वासको मत दिन निर्देशन दिएका थिए। लामा निकट सांसदको पहिलो मुद्दा ३ जना सासंदलाई मन्त्री नियुक्त गर्नुपर्ने रहेको थियो। विश्वासको मत दिएपछि माग सम्बोधन हुनेछ र सभापति ज्यूले पनि विश्वसको मत दिनु भन्नुभएकोले सुनिएको विवाद समाधान भएको र वहाँहरुले पनि दलका नेताको पक्षमा मतदान गर्ने बानियाँ निकट एक सांसदले बताएका छन्। यता लामा निकट सासंदले हामी मत दिन्नौ भनेर  लामालाई चेतावनी दिइरहेको बुझिएको छ। कांग्रेस संसदीय दलको बैठकले पनि दलका नेता बानियाँलाई विश्वासको मत दिन, तटस्थ नबस्न र बैठकमा अनिवार्य उपस्थिति हुन थ्रि लाइन ह्विप जारी गरिसकेको छ। कांग्रेसको ह्विपसंगै एमालेले पनि बानियाँको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार