Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मेयरकपमा वडा नम्बर १२ र ११ विजयी

IMG_4242-1520255493.JPG

२१ फागुन, हेटौँडा । हेटौँडामा जारी तेस्रो संस्करणको मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत आज वडा नम्बर १२ र वडा नम्बर ११ विजयी भएका छन् । पहिलो खेलमा १२ नम्बर वडाले ५ नम्बर वडालाई २–१ को गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको छ । खेलको ३७ र ५९ औँ मिनेटमा अशोक घलान र सुरज पाख्रिनले १÷१ गोल गरेका हुन् । ५ नम्बर वडाको तर्फबाट एन्जल महर्जनले खेलको ६९ मिनेटमा गोल फर्काए पनि खेलको निर्धारित समयमा अरु गोल हुन नसकेपछि १२ नम्बर वडा विजयी भएको हो । खेलको म्यान अफ दि म्याच वडा नम्बर १२ का सुचन लोप्चन घोषित भए । दोस्रो खेलमा १४ नम्बर वडालाई १–० गोल अन्तरले पराजित गर्दै ११ नम्बर अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलको ४८ औं मिनेटमा अजय क्षेत्रीले गरेको गोलमार्फत वडा नम्बर ११ विजयी भएको हो । खेलको म्यान अफ दी म्याच अजय क्षेत्री नै घोषित भए । भोली ८ नम्बर वडा र १७ नम्बर वडाबीच पहिलो खेल हुनेछ भने १६ नम्बर वडा र १३ नम्बर वडाको बीच दोस्रो खेल हुनेछ । २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एकलाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैंयासहित ट्रफी प्रदान गरिनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार