२२ फागुन,हेटौडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा ८ र १६ नम्बर वडा विजयी भएका छन् । मंगलबारको पहिलो खेलमा ८ नम्बर वडाले १७ नम्बर वडालाई ४–२ गोल अन्तरले हराएको हो । वडा नम्बर ८ को जितको लागी अस्मिर वाईबाले ३ र २७ औँ मिनेटमा दुई तथा सुमन थापाले ४९ र ५६ औं मिनेटमा २ गोल गरे । यसैगरी १७ नम्बर वडाको लागी अर्जुन राईले ४० र महेश गोङ्बाले ६१ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ दी म्याच ८ नम्बर वडाका अस्मिर वाईबा भए उनले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे । यस्तै मंगलबारनै भएको दोश्रो खेलमा १६ नम्बर वडा विजयी भयो । १६ नम्बर वडा र १३ नम्बर विच भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरको माध्यमबाट खेलको निर्णय लिइएका हो । टाइब्रेकरमा ४–३ गोल अन्तरले १६ नम्बर वडा विजयी भयो । १६ नम्बरका गगन शिलवाल, विश्वास सापकोटा, किरण चौलागाइँ र अजय सापकोटाको प्रहार गोल भएको थियो भने सुमन श्रेष्ठको प्रहार पोष्टमा लागेर फर्किएको थियो । यता पदमपोखरीको तर्फबाट रबि थिङ, विशाल थिङ र कमल गौतमको प्रहार मात्र गोल भयो । श्रीलाल स्याङ्तानको प्रहार आकाशिँदा नरेन्द्र गोलेको प्रहार १६ नम्बर वडाका गोलरक्षकले रोकेका थिए । खेलको म्यान अफ दी म्याच १६ नम्बरका डिफेण्डर गगन शिलवाल भए उनले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे । जारी प्रतियोगितामा भोली बुधबार २ नम्बर वडा र ४ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल १० नम्बर वडा र ३ नम्बर वडाको बीचमा हुने आयोजकले जनाएको छ ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
-1520347058.jpg)

















