Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अझै खुलेन कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्ड

Screenshot_20250818_09323-1755488984.jpg

२ भदौं, हेटौंडा । शनिबार बिहान खसेको पहिरोको कारण अवरुद्ध बनेको कुलेखानी - सिस्नेरी - दक्षिणकाली सडकखण्ड अझै खुल्न सकेको छैन। सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खसेको थियो।
आइतबार बिहानबाट ३ वटा हेव्वी इक्यूपमेन्टको प्रयोग गरी पहिरोले अवरुद्ध सडक खुलाउन प्रयास गरेतापनि सोमबार बिहानसम्म सो कार्य सम्भव नदेखिएको हो। आइतबार साँझ सम्म लगभग पहिरो पन्छाइएपनि आइतबार राति र सोमबार बिहान पुनः पहिरो खसेपछि खुलाउने अन्तिम तयारीमा रहेको सडकखण्ड अवरुद्ध बनेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसिबी, एक्स्काभेटर र लोडर प्रयोग गरी सडक खुलाउने प्रयास  सोमबार बिहानैबाट सुरु गरेतापनि माथिबाट निरन्तर ढुंगा–माटो खसिरहेकाले कठिनाइ भइरहेको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजनाका प्रमुख देवनारायण यादवले जानकारी दिएका छन्। सडक साँघुरो र जोखिमयुक्त भएकाले थप मेसिन प्रयोग गर्न सक्ने अवस्था नरहेको यादवले जानकारी दिए । पुनः पहिरो नखसे सोमबार साँझसम्म बाटो खुल्ने जनाएका छन्। 
यता सो मार्ग अवरुद्ध बनेपछि  भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली जान  डाभर्सनमार्गको व्यवस्था गरि यातायात सञ्चालनमा ल्याइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार