९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा मनहरी गाउँपालिका-९ की एक विपन्न दलित एकल महिलाकाे घर निर्माण गरिदिने भएका छन् । मनहरी-९ की मिठुमाया सुनारकाे घर निर्माणका लागि मुख्यमन्त्री बानियाँले साेमबार मनहरी गाउँपालिका मार्फत २ लाख रुपैयाँकाे चेक हस्तान्तरण गरेका हुन् । मिठुमाया सुनारको श्रीमान्को ५ वर्षअघि नै मृत्यु भएकाे र निजको एक छोरा संगम सुनारसमेत अपाङ्ग रहेकाे र थाेत्रिएकाे घर बनाउन नसक्दा समस्यामा रहेकाे भनी स्थानीय समाजसेवीहरुकाे सिफारिसमा मनहरी गाउँपालिकाले घर निर्माणका लागि सिफारिस गरेकाे थियाे । मुख्यमन्त्रीकाे सेवा सुविधाबाट प्राप्त हुने रकमबाट आफ्नाे क्षेत्रका विपन्नकाे घर बनाइदिने यसअघि नै घाेषणा गरेका बानियाँले आफूले पाउने सेवा सुविधाबाट खर्च हुने गरी एकल महिलाकाे घर निर्माण गर्न रकम सहयाेग गरेकाे मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
मनहरीका समाजसेवी प्रकाश वर्ताैला, मकवानपुर उद्याेग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेश मानन्धरलगायतकाे राेहाेबरमा वडा कार्यालय र मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले महिलाकाे घर निर्माण गरिदिन गाउँपालिकामार्फत मुख्यमन्त्री बानियाँलाई अनुराेध गरेका थिए । साेमबार मुख्यमन्त्री बानियाँले गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मनहरी-९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, ६ नम्बर वडाध्यक्ष यादव थपलिया लगायतकाे उपस्थितिमा २ लाख रुपैयाँकाे चेक हस्तान्तरण गरेका थिए ।
साे रकमबाट मिठुमायाकाे २ वटा काेठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम निर्माण गरिने याेजना बनाइएकाे छ ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









