११ भदौ, हेटौंडा । तपाईको मोटरसाइकल र स्कुटरमा इन्धन सक्कियो, इन्धन भर्न जाँदा हेलमेट नलगाई जाने बानी छ भने तपाईले इन्धन हाल्न बाट बञ्चित हुन सक्नुहुनेछ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले' नो हेलमेट नो इन्धन' अभियानका लागि निर्देशन दिएसंगै तपाईले अब बागमती प्रदेशका पेट्रोल पम्पमा बिने हेलमेट दुई पाङ्ग्रे सवारीमा इन्धन भर्नबाट बञ्चित हुनसक्नुहुनेछ ।
बुधबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री बानियाँले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि सरोकारवाला निकायलाई यो अभियान संचालनका लागि निर्देशन दिएका छन्।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका सुरक्षा निकायका प्रमुख, नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनका प्रतिनिधिसंगको बैठकमा उनले सवारी दुर्घटना नियन्त्रणका लागि सबै निकायलाई समन्वयात्मक तरिकाले परिचालित भई प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका थिए । मुख्यमन्त्री बानियाँले सवारी चालकमा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन परीक्षणलाई नियमित गर्ने, हेल्मेटको अनिवार्यता कडाइका साथ पालना गर्ने र ‘इन्धनको लागि हेल्मेट अनिवार्य’ अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा जोड दिएका थिए ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव भुपाल बराल, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव बिरेन्द्रकुमार भारती, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरीका नायब महानिरीक्षक अन्जनीकुमार पोखरेल, पेट्रोलियम डिलर्स एसोसियसन बागमती प्रदेशका अध्यक्ष शुदर्शन कार्की, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मकवानपुरका प्रहरी निरीक्षक गायत्रीराज शर्मा र बच्चुराम फूयाल लगायत उपस्थिति थियो ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









