११ असोज, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले हेटौंडा १ मा रहेको मकवानपुर सहकारी अस्पतालसँग तीन वर्षका लागि संघमा आबद्ध सबै सदस्यहरूको निःशुल्क उपचार हुने गरी स्वास्थ्य सम्झौता गरेको छ।
महासंघ मकवानपुरले शनिबार महासंघको सभाहलमा सुनौलो भविष्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित अस्पतालसँग उक्त सम्झौता गरेको हो।महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र अस्पतालका प्रतिनिधि नरोत्तम दाहालबीच सम्झौता भएको हो ।
तीन वर्षका लागि भएको सम्झौतामा महासंघका सदस्य पत्रकारहरूको स्वास्थ्य परीक्षण तथा उपचार निःशुल्क गरिने जनाइएको छ ।सहकारी अस्पतालले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत पत्रकार महासंघ मकवानपुरमा सदस्य र सदस्य बन्ने क्रममा रहेका सक्रिय पत्रकारहरूलाई स्वास्थ्य सेवा पहुँचमा सहजता प्रदान गर्ने उल्लेख छ । सम्झौतामा सम्पूर्ण ओपिडी सेवा निःशुल्क हुने, शल्यक्रिया तथा भर्ना भई उपचार गर्दा निःशुल्क गरिने, ल्याब सेवा निःशुल्क, रेडियोलोजी सेवा र अन्य परीक्षणसम्बन्धी अस्पतालमा उपलब्ध सेवा निःशुल्क हुने उल्लेख छ ।
त्यस्तै औषधीमा १० प्रतिशत छुट पनि प्राप्त हुने दुवै पक्षबिच भएको सम्झौतामा उल्लेख छ । सेवा लिनका लागि नेपाल पत्रकार महासंघले जारी गरेको सदस्यता प्रमाणपत्र अनिवार्य आवश्यक रहेको जनाइएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमतीका अध्यक्ष कृष्ण सारू मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, निवर्तमान उपाध्यक्ष रुपेश दुलाल, वर्तमान उपाध्यक्ष हरि हुमागाईं लगायतका पत्रिकाहरूको उपस्थिती रहेको थियो ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















