१२ असोज, हेटौंडा। मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मनाउन मनहरी गाउँपालिकाले सहयोग गरेको छ ।
मनहरी गाउँपालिकाले कारागारका कैदीबन्दीलाई दशैं मनाउन खसी र खाद्यान्न सहयोग गरेको हो । कारागारमा मनहरी गाउँपालिकाका मात्रै ६० बढी कैदीबन्दी रहेकाले यस वर्ष पनि अघिल्लो वर्ष झैँ पालिकाले आफ्नै खर्चमा दशैंमा खाद्यान्न लगायतका सामग्री वितरण गरेको हो।
सामाजिक एवं मानवीय भावनाको आधारमा कारागारमा रहेका कैदीबन्दीको दशैं सुखद बनाउन सहयोग गरेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताएका छन् । गाउँपालिका सबैको अभिभावक भएकाले पालिकाका बासिन्दाको केही व्यक्ति कारागारमा रहँदा दशैं खल्लो नहोस् भनेर केही राहत दिएको उनले बताए । कार्यक्रममा पालिका उपाध्यक्ष सिता पुलामी मगर , वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनाल, वडा नम्बर २ का वडाध्यक्ष राजकुमार पाख्रिन, वडा नम्बर ३ का वडाध्यक्ष अनन्तप्रकाश अर्याल, ६ नम्बर वडाध्यक्ष यादव थपलिया र वडा नम्बर ७ का वडाअध्यक्ष ठाकुर तितुङ लगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाले २ ओटा खसि, ७ बोरा चामल, ६ बोरा चिउरा र अढाई कार्टुन खाने तेल उपलब्ध गराएको हो।
३० कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको हो...
३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...
२९ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेपछि लागु...
२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको...
२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला...
२९ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, बागमती प्रदेश र...
२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...
२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन शुक्रबार ५ सय रुपैयाँ घटेको हो । सुन प्रतितोला २ लाख...
२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
२६ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट व्यापारी ठग्ने ३ जनाको गिरोहलाई पक्राउ गरेको...
२६ कार्तिक, हेटौंडा । गत भदौ २४ गतेको जेन–जी आन्दोलन,आपराधिक उपद्र,तोडफोड तथा आगजनीमा संलग्न पाँच जनालाई...
२७ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखराबाट ठुलो परिमाणमा...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...
१७ कार्तिक, हेटौंडा। हेटौँडा–१, स्थित मैनटार खानेपानी उपभोक्ता समिति हेटाैंडा खानेपानी व्यवस्थापन बोर्डमा...

















