Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विशेष सतर्कता अपनाउन मुख्यमन्त्री बानियाँको अनुरोध

indra-baniya-1759571288.jpg

१८ असोज, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विशेष सतर्कता अपनाउन प्रदेशवासीलाई अनुरोध गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग (मौसम पूर्वानुमान महाशाखा) को पूर्वानुमान अनुसार असोज २० गतेसम्म बागमती प्रदेशभित्रका ठूला नदीनालाहरू लगायत अन्य प्रदेश हुँदै बागमती प्रदेश तर्फ बहने ठूला तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने उच्च जोखिम रहेको उल्लेख गर्दै बानियाँले विपदमा विशेष सतर्कता अपनाउन, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आफ्नो बसोबासको क्षेत्र वरपर हुनसक्ने जोखिमबाट सतर्क रहन, लामो यात्रा नगर्न सम्पूर्ण प्रदेशवासीलाई अनुरोध गरेका छन् ।
यस प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरूमा आकस्मिक बहावको सम्भावना रहेको, पहिरो जान सक्ने, डुबान हुन सक्नेसम्मको उच्च सम्भावना रहेको भन्दै अत्यावश्यक अवस्थामा सम्बन्धित स्थानीय तह तथा प्रदेश सरकारको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन महाशाखाको विपद् फोकल पर्सनलाई ९८५१२५३६२६ मा सम्पर्क गरी तथा सुरक्षाका अन्य सबै निकायहरूमा तत्काल जानकारी गराउन अनुरोध गरेका छन् ।
प्रदेश सरकारले जनधनको क्षति हुन नदिन तथा सम्भावित जोखिमलाई कम गर्न पूर्व तयारी गरेको र प्रदेश सरकार प्रमुखको हैसियतले उद्धार तथा राहतका लागि आवश्यक सुरक्षा लगायतका प्रबन्ध गर्न निर्देशन दिइसकिएको बानियाँले जनाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार