एकतर्फी संचालन पछि गुडेका सवारी
२० असोज, हेटौंडा। अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ ।बकैया गाउँपालिका–११ घट्टेपाखा सिमात घुम्तीमा गएको ठूलो पहिरो पन्छाएपछि सोमबार दिउँसो ३ बजेबाट लोकपथ एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार साँझसम्म लोकपथ पूर्णरूपमा सञ्चालनमा आउने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहित सुरक्षाका प्रमुखहरू सोमबार बिहानै पहिरो प्रभावित क्षेत्रमा पुगेर अनुगमन र व्यवस्थापन कार्यमा संलग्न भएका थिए ।
गत शुक्रबार रातिदेखिको लगातार वर्षाले कान्ति लोकपथका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। प्रशासनका अनुसार ठिंगनदेखि बगुवा खोलासम्म खसेका तीनवटा ठूला पहिरोहरू शुक्रबार नै पन्छाइएका थिए भने आज हेटौँडादेखि बगुवा खोलासम्मका साना–ठूला गरी आधा दर्जनभन्दा बढी पहिरोहरू पनि हटाइएका छन्।प्रमुख जिल्ला अधिकारी श्रेष्ठले हेटौँडाबाट काठमाडौं जोड्ने सबै मार्ग सञ्चालनमा आइसकेको जानकारी दिँदै जोखिम कायम रहेकोले चालकहरूलाई सतर्कता अपनाउन भनिएको बताइन । कान्ति लोकपथ सञ्चालनमा आएसँगै हेटौँडा–काठमाडौं आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ।
३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...
२९ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेपछि लागु...
२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको...
२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला...
२९ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, बागमती प्रदेश र...
२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...
२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन शुक्रबार ५ सय रुपैयाँ घटेको हो । सुन प्रतितोला २ लाख...
२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्...
२८ कार्तिक, हेटौंडा । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
२६ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट व्यापारी ठग्ने ३ जनाको गिरोहलाई पक्राउ गरेको...
२६ कार्तिक, हेटौंडा । गत भदौ २४ गतेको जेन–जी आन्दोलन,आपराधिक उपद्र,तोडफोड तथा आगजनीमा संलग्न पाँच जनालाई...
२७ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखराबाट ठुलो परिमाणमा...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...
१७ कार्तिक, हेटौंडा। हेटौँडा–१, स्थित मैनटार खानेपानी उपभोक्ता समिति हेटाैंडा खानेपानी व्यवस्थापन बोर्डमा...

















