२३ असोज, हेटौंडा । स्थानीय सरकारले लिएको लक्ष्य पुरा गर्नु हामी सबैको दायित्व रहेको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् ।
विहीबार गाउँपालिकामा स्वास्थ्य शाखाको आव २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षालाई सम्बोधन गर्दै सरकारको लक्ष्य पुरा गर्न कर्मचारी र जनप्रतिनिधिहरुको दायित्व रहेको बताएका हुन् ।
उनले स्वास्थ्यको सेवा प्रवाहमा ध्यान दिन वडातहका प्रमुखहरुलाई आग्रह गरेका छन् । गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई ध्यानमा राखेर काम गरिरहेको अवस्थामा वडा तहकै स्वास्थ्य चौकीको कामको तथ्याङ्क चुस्त दुरुस्त राख्न निर्देशन गरेका छन् । तथ्याङ्क तलमाथी भएको खण्डमा समस्या रहने र त्यसले ठुलो प्रभाव पर्न सक्ने बताए ।
गाउँपालिकामा स्वास्थ्यको कामले वित्तीय समानीकरण अनुदान वृद्धि भएको बताउँदै अध्यक्ष मुक्तानले गतवर्षझैँ चालु आवमा पनि सोही अनुरुप सेवा प्रवाह गर्न सबैलाई आग्रह गरेका छन् । हाम्रो लक्ष्य धेरै छन्, जसमा सुत्केरी पोषण कार्यक्रम, होम डेलिभरीलाई शुन्य बनाउने, बालबालिकाका स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिक लगायत विविध कार्यक्रम छन् त्यसलाई मध्येनजर गर्दै कार्य सम्पादन गनुपर्छ, उनले भने ।
गाउँपालिकाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न गैर सरकारी संस्थाहरुसँगको साझेदारीमा काम गर्दै आइरहेको छ । त्यो सँगै खानेपानी, उद्यम विकास, सीपमूलक तालिम पनि गर्दै आइरहेको उनले बताए । १० शैयाको अस्पताल सञ्चालनको अन्तिम चरणमा रहेको अध्यक्ष मुक्तानले बताए ।
समीक्षा कार्यक्रममा १० वटै वडाले कार्यसम्पादन गरेको कार्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र शिवाकोटी, जिल्ला जनस्वास्थ्य अधिकृत समर्पण अधिकारी, जन स्वास्थ्य निरीक्षक बासुदेव रिमाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम लगायतको आतिथ्यता रहेको थियो । दुई दिन सञ्चालित समीक्षा कार्यक्रम शुक्रबार सकिनेछ । कार्यक्रममा गाउँपालिकाकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















