२३ असोज, हेटौंडा । स्थानीय सरकारले लिएको लक्ष्य पुरा गर्नु हामी सबैको दायित्व रहेको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् ।
विहीबार गाउँपालिकामा स्वास्थ्य शाखाको आव २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षालाई सम्बोधन गर्दै सरकारको लक्ष्य पुरा गर्न कर्मचारी र जनप्रतिनिधिहरुको दायित्व रहेको बताएका हुन् ।
उनले स्वास्थ्यको सेवा प्रवाहमा ध्यान दिन वडातहका प्रमुखहरुलाई आग्रह गरेका छन् । गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई ध्यानमा राखेर काम गरिरहेको अवस्थामा वडा तहकै स्वास्थ्य चौकीको कामको तथ्याङ्क चुस्त दुरुस्त राख्न निर्देशन गरेका छन् । तथ्याङ्क तलमाथी भएको खण्डमा समस्या रहने र त्यसले ठुलो प्रभाव पर्न सक्ने बताए ।
गाउँपालिकामा स्वास्थ्यको कामले वित्तीय समानीकरण अनुदान वृद्धि भएको बताउँदै अध्यक्ष मुक्तानले गतवर्षझैँ चालु आवमा पनि सोही अनुरुप सेवा प्रवाह गर्न सबैलाई आग्रह गरेका छन् । हाम्रो लक्ष्य धेरै छन्, जसमा सुत्केरी पोषण कार्यक्रम, होम डेलिभरीलाई शुन्य बनाउने, बालबालिकाका स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिक लगायत विविध कार्यक्रम छन् त्यसलाई मध्येनजर गर्दै कार्य सम्पादन गनुपर्छ, उनले भने ।
गाउँपालिकाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न गैर सरकारी संस्थाहरुसँगको साझेदारीमा काम गर्दै आइरहेको छ । त्यो सँगै खानेपानी, उद्यम विकास, सीपमूलक तालिम पनि गर्दै आइरहेको उनले बताए । १० शैयाको अस्पताल सञ्चालनको अन्तिम चरणमा रहेको अध्यक्ष मुक्तानले बताए ।
समीक्षा कार्यक्रममा १० वटै वडाले कार्यसम्पादन गरेको कार्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र शिवाकोटी, जिल्ला जनस्वास्थ्य अधिकृत समर्पण अधिकारी, जन स्वास्थ्य निरीक्षक बासुदेव रिमाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम लगायतको आतिथ्यता रहेको थियो । दुई दिन सञ्चालित समीक्षा कार्यक्रम शुक्रबार सकिनेछ । कार्यक्रममा गाउँपालिकाकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















