Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

हेटौंडामा ठुलो मात्रामा अवैध कपडा र पटका बरामद

IMG-20251010-WA0008-1760083895.jpg

२४ असोज, हेटौंडा। मकवानपुरको हेटौँडा–१५, रातोमाटेबाट अवैध कपडा तथा प्रतिबन्धित पटका बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्ड गएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे चार्जिङ स्टेसन अगाडिबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको हो  ।

शुक्रवार बिहान ४ः१० बजे वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा उक्त सामानहरू फेला पारिएको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडीका चालक रौतहट वृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदीप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।

गाडीको पछाडि ढालाभित्र लुकाएर राखिएका १३० थान साडी, ६९६ थान कुर्ता, १७५ थान टप्स, र १ हजार १ थान कपडाका थानहरू बरामद गरिएको छ। जसको मूल्य लगभग १४ लाख रुपैयाँ अनुमान गरिएको छ।त्यसैगरी, झन्डै २० लाख रुपैयाँ बराबरको प्रतिबन्धित झिर झिरे पटका समेत फेला परेको प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि पथलैया पठाउने तयारी भइरहेको जनाइएको छ।

IMG-20251010-WA0009-1760083895.jpg

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1763274117.png

३० कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको हो...

मकवानपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
IMG-880aaea6cc908ba6cf23f-1763263441.jpg

३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
petrol-1577002783-1655033-1763220653.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले शनिबार राति १२ बजेपछि लागु...

बहुआयामिक आयआर्जन उपसमितिको संयोजकमा पुडासैनी
IMG_20251115_143328-1763199990.jpg

२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको...

गोली हानी वडा अध्यक्षको हत्या
bindeshwor_tOyctoKsd6_edi-1763171424.jpg

२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1763170772.jpg

२९ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, बागमती प्रदेश र...

राक्सिराङमा गोली हानी एक व्यक्तिको हत्या,संलग्न पक्राउ
1713863514864-1763133939.jpg

२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1763104257.jpg

२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन शुक्रबार ५ सय रुपैयाँ घटेको हो । सुन प्रतितोला २ लाख...

मधेशका पाँच सांसदमाथि गरिएको कारवाही उपसभामुखद्वारा बदर
babita-1763096196.jpg

२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्...

थप समाचार