२५ असोज, हेटौंडा। हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाले २७ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ।
सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता भएको साधारणसभाको हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष विष्णु बहादुर दाहालले उदघाटन गरेका थिए। कार्यक्रममा हेटौडा ६ का निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चौलागाईं ,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,हेटौंडा-६ का वडा सदस्य विजय पौडेल,सहकारीका संस्थापक अध्यक्ष बासुदेव सापकोटा,नौलो विहानी कृषि ऋण सहकारी संस्थाका उपाध्यक्ष जयराम घिमिरे ,रानी सामुदायिक वन उपभोक्त समूह अध्यक्ष केशव धिताल,चुच्चेखोला सामुदायिक वन उपभोक्त समूह अध्यक्ष लक्ष्मण कटुवाल, नारी चेतना वचत तथा ऋण सहकारीका अध्यक्ष राधिका गौतम,सहकारीका सल्लाहकार गौरव पराजुली लगायत सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।
२७ औं साधारणसभामा सहकारीका अध्यक्ष उदय विडारीले संस्थाको संस्थागत प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक पूर्णभद्र चौलागाईले आर्थिक वर्ष २०८१|८२ को लेखा परीक्षणको प्रतिवेदन र चालु आर्थिक वर्षको अनुमानित आय तथा व्ययको विवरण प्रस्तुत गरेका थिए।
ॠण उप समितिका संयोजक केशव धितालले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी खुत्रुके बचत उप समितिका सदस्य गोमा काफ्लेले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले आफ्नो साधारणसभामा सम्मान कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। संस्थाले संस्थापक शेयर सदस्य लक्ष्मण सापकोटा, रामप्रसाद सापकोटा, एकल महिला सेयर सदस्य तर्फ रुद्रकुमारी सापकोटालाई दोसल्ला र नगद सहित सम्मान गरेको छ। संस्थाले ज्येष्ठ शेयर सदस्य सम्मान तर्फ
रामप्रसाद गौतम, हिरादेवी तिमल्सिना लाई दोसल्ला ओढाई सम्मान गरिएको छ। संस्थाले अघिल्लो वर्ष सम्पन्न निर्वाचन समितिलाई पनि सम्मान गरेको छ। नयाँ नेतृत्वका लागि भएको निर्वाचनका संयोजक हिमाल पौडेल,सदस्य रुपेश दुलाल र सदस्य राधिका गौतमलाई सम्मान गरेको छ ।
त्यसैगरी बढि व्याज बुझाउने गंगादेवी धिताल,बढि सेवा शुल्क बुझाउने भावना श्रेष्ठ र खुत्रुके बढी रकम जम्मा गर्ने सान्वी दलाललाई पनि सम्मान गरिएको छ। यस वर्ष संस्थाले पत्रकार सम्मान तर्फ गोरखापत्र दैनिकका मकवानपुर संवाददाता तथा अनिरुद्र खबरका सम्पादक अनिल पराजुलीलाई नगद सहित प्रशंसापत्रले सम्मान गरेको छ।
त्यसैगरी व्यवसायी तर्फ उत्तमकुमार श्रेष्ठ, एसईई सम्मान तर्फ छात्रामा शिक्षा दुलाल, छात्रतर्फ कौशल पुडासैनी पनि दोसल्ला प्रमाणपत्रले सम्मान गरेको छ।यस वर्ष जोडी शेयर सदस्य तर्फ राज् गौतम र अनिसा पुडासैनीलाई सम्मान गरेको छ ।सहकारीले आर्थिक बर्ष २०८१|८२ मा ४ करोड ५ लाख रुपैंयाको कारोबार गरेको छ। २०५५ सालमा स्थापना भएको सहकारीमा ६६८ सेयर सदस्यहरु रहेका छन्।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















