२७ असोज, हेटौंडा। हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र हेटौंडा उपमहानगरपालिका बिच सम्झौता भइ उपमहानगरपालिकाले खानेपानीको न्यूनतम खपत (१० हजार लिटर) बापत दिँदै आएको अनुदान कटौती गरेको छ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धाराबाट वितरण गरेको खानेपानीमा न्यूनतम् निःशुल्क १० हजार लिटर पानी खपत गरेबाट हेटौंडा उपमहानगरपालिकाले अनुदान दिँदै आएको थियो । अनुदान बापत न्यूनतम १० हजार लिटर पानी खपत गरेका उपभोक्ताले कुनै शुल्क तिर्नु पार्दैनथ्यो ।
यो सेवा असोज ८ गतेबाट हेटौंडा उपमहानगरपालिकाले पत्र पठाएर कटौती गर्न भनेपछि हाललाई न्यूनतम खपतको अनुदान हटेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले जानकारी दिएका छन्। उक्त निर्णयले करिब ८ हजार घरधुरी यस सेवाबाट (जुन एक तिहाइ हुन् आउछ) प्रत्यक्ष प्रभावमा परेको सापकोटाले जानकारी दिएका छन्। उनले हेटौंडाका १९ वडामा करिब ३० प्रतिशत् उपभोक्ताले छुटको लाभ लिइरहेका बताएका छन् । अब हेटौंडाका उपभोक्ताले १० हजार लिटर पानी खपत गरेमा ८५ रुपैयाँ र प्रति एक हजार लिटरमा २५ रुपैयाँका दरले पानीको भुक्तानी गर्नुपर्नेछ।
नगरपालिकाले नेपाल सरकारको अर्थ मन्त्रालयको ‘मितव्ययिता निर्देशिका’ अनुसार उपभोक्ताबाट त्यसमा नियमानुसार शुल्क संकलन गर्ने व्यवस्था लागु गर्ने निर्णय अनुसारनै दिँदै आएको अनुदान कटौती गरेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले संघिय सरकारको निर्देशन अनुसारनै खर्च कटौती गरी मितव्ययी कायम गरिएको बताएका छन्।
हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाबीच खानेपानीको न्यूनतम् महसुल रकम उपभोक्तालाई निःशुल्क गर्ने द्विपक्षीय सम्झौता २०७९ साउन २३ गते भएको थियो ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















