१२ चैत, हेटौँडा । ३ नम्बर प्रदेश सभामा मंगलबारदेखि विषयगत समिति गठनको प्रक्रिया शुरु हुने भएको छ ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनको प्रक्रिया शुरु गर्ने कार्यसूचि तय गरेको हो । बैठकले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकमा सोमबार सहमति भएका समितिका सदस्यहरुको नाम सहमतिको लागि प्रस्तुत हुने छ भने समितिका सभापतिको निर्वाचनको मिति तोकिने प्रदेशसभा सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए ।
त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ‘प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक’ प्रस्तुत गर्ने कार्यसूचि छ । बैठकमा मन्त्रीपरिषद विस्तार तथा पुर्नगठन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको पत्र पढेर सुनाउने र कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनियन गरेको बारे सभामुखले जानकारी गराउने कार्यसूचि रहेको छ । बैठक चैत १६ गतेसम्म संचालन हुने जनाईएको छ ।
समितिबारे छलफल गर्दै प्रतिपक्ष
३ नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विषयगत समितिबारे सत्तापक्षसंग छलफल शुरु गरेको छ । ५ वटा समिति गठन हुने भएपछि यसबारे कांग्रेसले छलफल थालेको हो । सार्वजनिक लेखा समितिको नेतृत्वमा दाविसहित विषयगत समितिबारे छलफल थालेको ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताए । उनले मूख्यमन्त्री र अर्को सत्ता साझेदार माओवादी केन्द्रसंग लेखा समितिको नेतृत्वसहित अन्य समितिबारे पनि छलफल भईरहेको जानकारी दिए । समितिमा उम्मेदवारीबारे मंगलबार टुंगो लाग्ने बानियाँले बताए ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















