Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

निर्वाचनमा गरेका सबै प्रतिबद्धता पूरा गर्छुः बानियाँ

Raksirang-1522161286.jpg

१३ चैत, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आफूले चुनावमा गरेका सबै प्रतिवद्धता ५ बर्षभित्र पुरा गर्ने बताएका छन् ।
नेपाली काँग्रेस राक्सीराङ गाउँपालिकास्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलामा मंगलबार बोल्दै नेता बानियाँले विकासबाट अत्यन्तै पिछडिएको यस ४ नम्बर क्षेत्रमा आफू चुनाव लड्दै गर्दा गरेका सबै खालका प्रतिबद्दताहरु पूरा गर्नेमा विश्वास गर्न आम मतदाता आग्रह गर्दै चुनावमा आफ्नो अमूल्य मतदान गरेर विजयी गराउनुभएको भन्दै धन्यवादसमेत दिए ।
अन्य पार्टी र नेताले जस्तो बोल्ने मात्र नभै कामहरु गरेर देखाईरहेको र अहिले पनि आफूले व्यक्तिगत खर्चमा कामहरु धमाधम गरिरहेको बताउँदै ५ वर्षभित्रमा भाषण नभई काम नै गरेर देखाउने बताए । काँग्रेस मकवानपुरका ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, कांग्रेस मकवानपुरका निर्वतमान सभापति रघुरमण न्यौपाने, पार्टी सचिव बुद्ध लामा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य ईश्वर रुम्बा, रामकृष्ण प्रजा, भीमसेन महत, जिल्ला सदस्य एवं राक्सीराङ गाउँपालिका प्रमूख राजकुमार मल्ल, उपप्रमूख निर्मला हिमडुङ, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, शंकर न्यौपाने, चित्रबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
भेलामा जिल्ला सदस्य रत्नबहादुर गोले, साविक गाविस सभापतिहरु विरेन्द्र जिम्बा, सुमन नगरकोटी, जितेन चेपाङ, जयबहादुर तितुङ, कुलबहादुर प्रजा, कान्छाराम रुम्बा, प्रेस युनियन मकवानपुरका सहसचिव सुजन विडारी, नेविसंघ जिल्ला सदस्य कविता बर्तौला सन्तोष थापामगर, विकाश ब्लोनलगायतको उपस्तिथि रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार