Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

काँग्रेसको मनहरी र हेटौंडा ३ र १९मा अगुवा कार्यकर्ता भेला

काँग्रेस कमजोर भएको छैन: बानियाँ

received_1021201067936244-1522371681.jpg

 

१६ चैत,हेटौंडा। नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस देशभरीनै प्रदेश र संघको निर्वाचनमा पराजय भोगेको भएपनि जनमतमा भने कमजोर नरहेको बताउनुभएको छ ।

४ नम्बर क्षेत्र अन्र्तगत मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र १९ को संयुक्त क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलामा बिहिबार बोल्दै नेता बानियाँले प्रत्यक्ष निर्वाचनमा थोरै मतान्तरले हार व्यहोर्नु परेपनि समानुपातिकमा एमाले सरहनै मत प्राप्त गर्न सफल भएकोले अझैपनि जनताको विश्वास काँग्रेसमा रहेको दावी गर्नुभयो ।

नेता बानियाँले संगठन चलायमान बनाईराख्न वडा, गाउँ, नगर र क्षेत्रको संगठन निर्माण गरेर विकास निर्माणका कुरामा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । 

संविधान निर्माण, तीनै तहको निर्वाचन गराई गणतन्त्रलाई संस्थागत काँग्रेसले नै गरेकोले कम्युनिष्टहरु जस्तो कुरा मात्रै गर्ने काम नगर्ने पार्टी नभएकाले अबको ५ वर्षपछि नेपाली काँग्रेस देशैभर दुईतिहाई भन्दा बढी सिट ल्याएर जित्ने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो ।

काँग्रेस मकवानपुरका ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि बानियाँ, अतिथिहरु सांसद सन्तबहादुर चेपाङ, पार्टी सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य एवं संगठन विभाग सचिव भीमसेन महत, जिल्ला सदस्य नवराज उप्रेती, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, क्षेत्रीय सल्लाहकार शंकर न्यौपाने, साविका हाँडीखोला सभापति चन्द्रबहादुर न्यौपाने, हेटौंडा १९ का सभापति धनबहादुर गुरुङ, तरुण दल अध्यक्ष ईश्वर पाठक, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, सदस्य कविता बर्तौला, भोला थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेलामा जिल्ला सदस्यहरु बलराम प्रजा, सुर्य सुवेदी, कमला मैनाली, मित्रलाल लामा, रत्नबहादुर गोले, महाधिबेशन प्रतिनिधिहरु जानुकी लामा, टेकनाथ शिवाकोटी, जानकी लामा, तरुण दल नेता राजेश भेटवाल, सचिव सचित थापा, मनहरी गाउँपालिका १ नम्बरका वडा अध्यक्ष शिवप्रसाद खनाल, प्रेस युनियन मकवानपुरका सहसचिव सुजन विडारी, चर्तुभुज न्यौपाने,  विदुर थापा, हरिवंश भेटवाल, उत्सव उप्रेती निराजन बर्तौला, सिताराम अर्याल, नरहरीनन्दन उप्रेतीलगायतको उपस्थिति रहेको थियो।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार