६ बैशाख, हेटौँडा । मकवानपुरमा रहेका ७ वटा यातायात व्यवसायी संघहरुले संयुक्त आन्दोलन परिचालन कमिटि गठन गरेका छन् । नारायणी यातायात व्यवसायी संघको कार्यालय हेटौँडामा बसेको बैठकले यातायात व्यवसायीले थालेको आन्दोलनलाई सशक्त बनाउन भन्दै कमिटि गठन गरेका हुन् ।
बैठकले नारायणी यातायात व्यवसायी संघको संयोजकत्वमा कमिटि गठन गरेको छ । बैठकले अन्य संघका अध्यक्ष र महासचिव सचिवालय सदस्य र कार्यसमिति सदस्य रहने निर्णय गरेको छ । बैठकमा नारायणी यातायात व्यवसायी संघ, टेम्पो तथा मझौला यातायात व्यवसायी संघ, मध्यमाञ्चल पेट्रोलीयम ढुवानी व्यवसायी संघ, मकवानपुर पेट्रोलियम डिलर्स एशोसियसन, मध्यमाञ्चल यातायात व्यवसायी संघ र नेपाल ई–रिक्सा व्यवसायी संघ, मनहरी लोकल ढुवानी व्यवसायी संघ रहेका छन् । शुक्रबार ३ नम्बर प्रदेशका मूख्यमन्त्रीलाई ज्ञापनत्र बुझाउने कार्यक्रम तय भएको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए ।
३९ करोड कर बुझाएको दावि
नारायणी यातायात व्यवसायी संघले संस्थामा आवद्ध विभिन्न प्रकृतिका ७ हजार ८ सय २७ सवारीले बार्षिक रुपमा राज्यलाई विभिन्न शिर्षकमा बुझाउँदै आएको कर सार्वजनिक गरेको छ । बस, माईक्रो, सुमो र म्याजिकले २ करोड ३१ लाख १८ हजार ५ सय ८९ रुपैँया, ट्रक, टंयाङ्कर, ट्रिपर र कन्टेनरबाट ३६ करोड ९५ लाख ३४ हजार ८ सय ३६ रुपैंया गरी ३९ करोड २६ लाख ५३ हजार ४ सय २५ रुपैँया बार्षिक रुपमा कर तिर्दै आएको संघको दावि छ । संघले आव २०७३/०७४ मा घर भाडा, बैठक भत्ता, कर्मचारी तलब भत्ता, बार्षिक बचत गरी ३६ लाख ५१ हजार २ सय ६७ रुपैँया आयकर बुझाएको जनाएको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







