Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नारायणी संघद्वारा व्यवसायीहरुसंग अन्तरक्रिया

Narayani-1526140846.jpg

२९ बैशाख, हेटौँडा । नारायणी यातायात व्यवसायी संघले पछिल्लो समय यातयात क्षेत्रमा देखिएको असहज परिस्थितिको बारेमा व्यवसायीहरुसंग छलफल गरेको छ ।  अहिलेको अवस्थाबारे यथार्थ जानकारी दिन संघले शनिबार आफ्ना यातयात व्यवसायी सदस्यसंग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष हिरालाल श्रेष्ठले अहिलेको अवस्थाबाट नआत्तिन सदस्यहरुलाई आग्रह गरे । उनले राज्य पक्षबाट परिमार्जित निर्देशिका अनुसार अब प्रत्येक सवारी धनीले कंम्पनी दर्ता गरेर मात्र सवारी चलाउनु पर्ने बाध्यता आईपरेको बताउँदै यसबाट ९५ प्रतिशत यातयात ब्यबसायी मारमा परेको समेत बताए । संघको खाता रोकिएको भएपनि व्यवसायीले पाउँदै आएको सुविधाबाट बन्चित हुन नपर्नेमा विश्वस्त पार्दै उनले आफुहरुले आर्थिक हिनामिन गरेको भए छानविन गर्न सरकारलाई चुनौति दिए ।

संघका महासचिब सरोज खनालले संघमा सबै यातायात व्यवसायी सदस्यको योगदान रहेको भन्दै विगतमा पाईरहेको सेवा सुविधा पाउनेमा ढुक्क हुन आग्रह गरे । केही समयभित्र ठोस निष्कर्ष निस्कने भन्दै त्यतिञ्जेल धैर्य गर्न आग्रह गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष एवं ३ नम्बर प्रदेश संयुक्त आन्दोलन परिचालन समितिका सहसंयोजक बद्री प्रसाद चौलागाईले सरकार र यातयात ब्यबसायीबिच वार्ता भई कार्यदल बनिसकेको बताउँदै एक महिना भित्र कार्यदलले निष्कर्ष निकाल्ने बताए । उनले राज्यले यातायात व्यवसायीलाई मार पर्ने निर्णय नगर्नेमा आशावादी रहेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार