१० असोज, हेटौंडा । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले हावा गफले मात्रै देश नचल्ने भन्दै काम गरेर देखाउनु जरुरी रहेको बताएका छन् । नेपाली काँग्रेस थाहा नगर समितिले विजयादशमी, शुभदिपावली र छठको अवसरमा सोमबार गरेको शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री केसीले अघिल्लो सरकारले हावा गफ गरेर जनतालाई आश देखाए पनि काम गर्न नसकेको बताए ।
एमालेप्रति कटाक्ष गर्दै मन्त्री केसीले अरु पार्टी जस्तो हावा गफमा आशा देखाएर जनता अल्मल्याउने काम काँग्रेसले नगर्ने भन्दै जनताको दिर्घकालिन हित सोचेर काम गर्ने बताए । सरकार संविधानले तोकेको मितिमा तीनवटै निर्वाचन गराउन प्रतिवद्ध रहेको समेत उनले दावि गरे । सरकारको मूख्य ध्यान संविधान कार्यान्वयनमा रहेको भन्दै मन्त्री केसीले सबै दललाई विश्वस्त पार्दै तोकेको समयमै निर्वाचनसहितका कार्य पुरा गर्न तत्पर रहेको बताए ।
उनले सहमति, सहकार्य र सहअस्तित्वको अवधारणाका साथ अघि बढ्न प्रतिपक्षसहितका दललाई आग्रह गरे । संविधानमा देखिएका केही असहमतिका बुँदालाई संशोधन गरेर भएपनि असहमत पक्षलाई मूल धारमा ल्याई संविधानको पूर्ण कार्यान्वयनमा सरकारले काम गरिरहेको बताए । संविधानको कार्यान्वयन गर्नु प्रमुख दलको दायित्व रहेको भन्दै उनले कुनै पनि दलले बहानाबाजी गर्दै संविधान कार्यान्वयन गर्नबाट उम्कन नमिल्ने बताए । संविधानको पूर्ण कार्यान्वयनका लागि क्रियाशिल हुन आफ्ना कार्यकर्तालाई समेत निर्देशन दिए । व्यक्तिगत विचार भन्दा पार्टीको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो । उनले काँग्रेस लोकतन्त्रका आधारभुत र विश्वव्यापी मान्यताबाट कहिल्यै पछि नहट्ने बताए ।
काँग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डेले संविधान कार्यान्वयन गर्न नसकेकै कारण ओली नेतृत्वको सरकार ढलेको बताए । उनले संक्रमणकालको अन्त्यका लागि तोकेकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउँदै यसका लागि सबै दल एकमत हुनु आवश्यक रहेको बताए । कार्यक्रममा काँग्रेस नुवाकोट सभापति जगदिशनरसिंह केसी, मकवानपुर सभापति एवं सांसद इन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने लगायतले कार्यकर्ताहरुलाई स्थानीयस्तरमा पार्टीको जिम्मेवारी प्रतिवद्ध भएर निर्वाह गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला, क्षेत्र, नगर र गाउँ तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । नेपाली काँग्रेस थाहा नगर समिति सभापति योगेन्द्रमान श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
तस्विर : शिव देवकोटा
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















