Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

टोल विकास संस्था वडा समन्वय समितिमा श्रेष्ठ

Tol-1531548564.jpg

३० असार, हेटौँडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ नम्वर वडाको अध्यक्षमा देवकुमार श्रेष्ठ विजयी भएका छन् । 

समितिको शुक्रबार भएको दोस्रो साधारणसभामा अध्यक्ष पदका प्रत्यासी भोजबहादुर पण्डितलाई श्रेष्ठले पराजित गरेका हुन । अध्यक्ष पदमा खसेको ७५ मतमा श्रेष्ठले ५७ मत पाएका थिए भने पण्डितले १८ मत पाएका हुन् । यसैगरी उपाध्यक्षमा देवनारायण चौलागाई विजयी भएका छन् । चौलागाईले ३९ मत प्राप्त गर्दा उनका प्रत्यासी सुभद्रा बर्तौलाले ३५ मत प्राप्त गरे । यसैगरी सचिवमा यज्ञबहादुर आचार्य र कोषाध्यक्षमा दिनेश पराजुली  विजयी भएका छन ।

सचिव पदमा आचार्यले ३९ मत ल्याउँदा उनका प्रत्यासी लक्ष्मी विडारीले ३५ मत र कोषाध्यक्ष पदमा पराजुलीले ४५ मत प्राप्त गर्द उनका प्रत्यासी लक्ष्मी सापकोटाले ३० मत प्राप्त गरेका हुनु । समितिको सदस्यमा भने सर्वसम्मत चयन भएको छ । समितिको सदस्यमा तारा कप्रौला, मैया मुक्तान, बुद्धिनाथ न्यौपाने, सरिता बिडारी, जानुका बानीया, लक्ष्मी मैनाली, लक्ष्मी पौडेल चयन भएका छन् । समितिका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ११ नम्वर वडाका अध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा ११ नम्वर वडाका सदस्य रामचन्द्र न्यौपाने, जुना दहाल, हेटौंडा ७ नम्वर वडा सदस्य ज्ञानु थापा, बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सर्मिला श्रेष्ठ, नवयुवा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष फुलमान श्रेष्ठ, सामूदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङका उपाध्यक्ष सालिकराम पूडासैनी, त्रिभूवन उच्च माविका प्राचार्य केदारप्रसाद विडारी, टोल विकास संस्था नगर समन्वय समितिका कार्यवहाक अध्यक्ष ध्रुव अधिकारी, सति न्यौपानेलगायतको आतिथ्यता  रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार