Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणद्वारा प्रस्तावित कार्यक्रमबारे अन्तरक्रिया

Janakalyan-Sacos-1533998909.jpg

२६ साउन, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शनिवार प्रस्तावित कार्यक्रम तथा बजेट तयारी सम्वन्धी अन्तरक्रिया गरेको छ ।
संस्थाले चालु आव ०७५/०७६ मा जेष्ठ सदस्य तीर्थाटन, सहकारी अवलोकन भ्रमण, सहकारी शिक्षा शिविर, स्वास्थ्य शिविर, भित्तेपात्रो प्रकाशन, आदर्श बुहारी सम्मान, तिज विशेष कार्यक्रम संचालन गर्ने कार्यक्रम प्रस्ताव गरेको छ । सहकारी दिवस, सीपमुलक तालिम, क्षमता अभिवृद्धि गोष्ठी, रेडियो कार्यक्रम, बालबालिका कार्यक्रम, स्थापना दिवस, सदस्यहरुबीच अन्तरक्रिया गर्ने लगायतका कार्यक्रमहरु संचालन गर्ने समेत प्रस्ताव गरिएको छ । 
संस्थाका अध्यक्ष हिमाल पौडेलको प्रमुख आतिथ्यता एवम सहकारी संस्थाका कोषाध्यक्ष एवम् शिक्षा उपसमितिका संयोजक चेतनाथ खतिवडाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा ३ नम्बर प्रदेश भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका नायव सुव्वा अश्विनकुमार अर्याल, संस्थाका पूर्वअध्यक्ष रघुप्रसाद आचार्य, सल्लाहकार बद्रीबहादुर पाठक, गणेशकुमार श्रेष्ठ, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष गौरवकुमार पराजुली, संस्थाका पूर्व लेखा संयोजक प्रमेश आचार्य, संचारकर्मी भीमसेन पौडेल लगायतकाले कार्यक्रम तथा बजेट माथि टिप्पणी गरेका थिए । 
संस्थाले यस आर्थिक वर्षमा १६ करोड ४३ लाख रुपैँयाको कारोवार गर्ने लक्ष्य राखेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

थप समाचार