२६ साउन, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शनिवार प्रस्तावित कार्यक्रम तथा बजेट तयारी सम्वन्धी अन्तरक्रिया गरेको छ ।
संस्थाले चालु आव ०७५/०७६ मा जेष्ठ सदस्य तीर्थाटन, सहकारी अवलोकन भ्रमण, सहकारी शिक्षा शिविर, स्वास्थ्य शिविर, भित्तेपात्रो प्रकाशन, आदर्श बुहारी सम्मान, तिज विशेष कार्यक्रम संचालन गर्ने कार्यक्रम प्रस्ताव गरेको छ । सहकारी दिवस, सीपमुलक तालिम, क्षमता अभिवृद्धि गोष्ठी, रेडियो कार्यक्रम, बालबालिका कार्यक्रम, स्थापना दिवस, सदस्यहरुबीच अन्तरक्रिया गर्ने लगायतका कार्यक्रमहरु संचालन गर्ने समेत प्रस्ताव गरिएको छ ।
संस्थाका अध्यक्ष हिमाल पौडेलको प्रमुख आतिथ्यता एवम सहकारी संस्थाका कोषाध्यक्ष एवम् शिक्षा उपसमितिका संयोजक चेतनाथ खतिवडाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा ३ नम्बर प्रदेश भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका नायव सुव्वा अश्विनकुमार अर्याल, संस्थाका पूर्वअध्यक्ष रघुप्रसाद आचार्य, सल्लाहकार बद्रीबहादुर पाठक, गणेशकुमार श्रेष्ठ, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष गौरवकुमार पराजुली, संस्थाका पूर्व लेखा संयोजक प्रमेश आचार्य, संचारकर्मी भीमसेन पौडेल लगायतकाले कार्यक्रम तथा बजेट माथि टिप्पणी गरेका थिए ।
संस्थाले यस आर्थिक वर्षमा १६ करोड ४३ लाख रुपैँयाको कारोवार गर्ने लक्ष्य राखेको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







