Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राजदेवीमा कृषकलाई अनुदान रकम वितरण

Rajdevi2-1535796707.jpg

१६ भदौ, हेटौँडा । हेटौँडा–१७ राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना शेयर सदस्य कृषकहरुलाई अनुदान रकम वितरण गरेको छ । संस्थाले नेपाल सरकारबाट प्राप्त प्रति लिटर प्रोत्साहन रकम आज वितरण गरेको हो । 
हेटौँडा–१७ का वडा अध्यक्ष भैरवबहादुर राईको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष बासुदेव अधिकारी, संस्थाका उपाध्यक्ष प्रतिभा चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राजदेवी क्षेत्रमा रहेका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
संस्थामा आवद्ध दुग्ध उत्पादक कृषकलाई आर्थिक बर्ष ०७३/०७४ को प्रोत्साहन रकम बापत ३ लाख ५३ हजार ९ सय २८ रुपैँया वितरण गरेको छ । संस्थाले सो आर्थिक बर्षमा कृषकबाट ३ लाख ८८ हजार ९ सय ३२ लिटर दुध संकलन गरेको थियो । संस्थामा ३ सय ३५ शेयर सदस्य आवद्ध रहेको व्यवस्थापक घनश्याम दाहालले बताए । जिल्ला संघमा आवद्ध ५४ दुग्ध उत्पादक सहकारी संस्थामध्ये अनुदानका लागि ३२ वटा संस्थाले आवदेन दिएकोमा ३० वटाले अनुदान प्राप्त गरेको जिल्ला संघका अध्यक्ष बासुदेव अधिकारीले बताए ।
यस्तै, हेटौँडा–१७ राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहले आप्mनो स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाले आप्mनो २६ औं स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ९५ बर्षीया शुभद्रा डल्लाकोटीलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष कृष्णप्रसाद नेपालसहित उपभोक्ता र स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

थप समाचार