१६ भदौ, हेटौँडा । हेटौँडा–१७ राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना शेयर सदस्य कृषकहरुलाई अनुदान रकम वितरण गरेको छ । संस्थाले नेपाल सरकारबाट प्राप्त प्रति लिटर प्रोत्साहन रकम आज वितरण गरेको हो ।
हेटौँडा–१७ का वडा अध्यक्ष भैरवबहादुर राईको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष बासुदेव अधिकारी, संस्थाका उपाध्यक्ष प्रतिभा चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राजदेवी क्षेत्रमा रहेका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
संस्थामा आवद्ध दुग्ध उत्पादक कृषकलाई आर्थिक बर्ष ०७३/०७४ को प्रोत्साहन रकम बापत ३ लाख ५३ हजार ९ सय २८ रुपैँया वितरण गरेको छ । संस्थाले सो आर्थिक बर्षमा कृषकबाट ३ लाख ८८ हजार ९ सय ३२ लिटर दुध संकलन गरेको थियो । संस्थामा ३ सय ३५ शेयर सदस्य आवद्ध रहेको व्यवस्थापक घनश्याम दाहालले बताए । जिल्ला संघमा आवद्ध ५४ दुग्ध उत्पादक सहकारी संस्थामध्ये अनुदानका लागि ३२ वटा संस्थाले आवदेन दिएकोमा ३० वटाले अनुदान प्राप्त गरेको जिल्ला संघका अध्यक्ष बासुदेव अधिकारीले बताए ।
यस्तै, हेटौँडा–१७ राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहले आप्mनो स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाले आप्mनो २६ औं स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ९५ बर्षीया शुभद्रा डल्लाकोटीलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष कृष्णप्रसाद नेपालसहित उपभोक्ता र स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







