Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चिसापानी बचतको साधारणसभा सम्पन्न

Chisapani-1538222314.jpg

१३ असोज, हेटौँडा । हेटौडा–१७ चिसापानीमा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन,लेखा संयोजक गोविन्द दाहालले लेखा समितिको प्रतिवेदन,कोषाध्यक्ष प्रल्हाद घिमिरेले आर्थिक प्रतिवेदन,ऋण उपसमितिका संयोजक श्रीकृष्ण आचार्यले ऋण समितिकोे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

भेलामा संस्थापक ज्येष्ठ सदस्य प्रेमप्रसाद बस्ताकोटी,राधेश्याम गजुरेल,ज्येष्ठ शेयर सदस्य दिपप्रसाद दहाल, उत्कृष्ठ बचतकर्तामा हरीप्रसाद पुडासैनी,अम्विका खतिवडा र असली कारोवारीमा निर्मला कार्की र आयआर्जन समूहमा सयपत्री आयआर्जन समूहलाई सम्मानित गरिएको थियो ।  

यसैगरी २०७४ सालको एसईईमा उत्कृष्ट अंक हासिल गर्ने सामुदायिक विद्यालयतर्फ आर्जन आचार्य र श्रीया चौलागाई संस्थागत विद्यालयतर्फ पल्लव घिमिरे र कुसुम गिरीलाई पनि सम्मानित गरिएको थियो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला,१५ का वडा अध्यक्ष महारत्न लामा, १७ का वडा अध्यक्ष भैरबबहादुर राई,चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरे,महामती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्दशनप्रसाद वाग्ले, सचिव महेश ढकाल,सल्लाहकार राधेश्याम गजुरेल,शेयर सदस्य भीमप्रसाद गौतम लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार