१६ असोज, हेटौँडा । दशैं तिहारको पूर्व सन्ध्यामा यही १८ गते बिहीबारबाट हाँडीखोलाको लामिटारमा प्रथम लामिटार कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । लामिटार यूथ क्लवको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा मनहरी गाउँपालिकाका २१ वटा टिमको सहभागिता रहेको छ ।
आयोजकले मंगलबार खेल तालिका समेत सार्वजनिक गरेको छ । उद्घाटनमा आयोजक लामिटारको टिम ‘ए’ र सृजनशील युवा क्लव सुनाचुरी खेल्ने भएको छ । ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेता टिमले २५ हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए । ‘दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान गर्ने र एकआपसमा भ्रातृत्वको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेका हौं’, अध्यक्ष अधिकारीले भने, ‘लोकप्रिय खेलको रुपमा रहेको फुटबलको विकासमा समेत प्रतियोगिताले केही टेवा पु¥याउनेछ भन्ने हाम्रो विश्वास हो ।’
प्रतियोगितामा मनहरी गाउँपालिकाभित्रको क्लव र खेलाडी मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतियोगिताको लागि करिब ३ लाख रुपैंया खर्च हुने अनुमान रहेको आयोजक लामिटार यूथ क्लवका सचिव निरन्जन उप्रेतीले जानकारी दिए । ‘स्थानीय विभिन्न सहयोगी संस्था एवम् व्यक्तिबाट प्राप्त हुने स–साना सहयोगबाटै यो प्रतियोगिता सफल हुनेछ’, उनले भने, ‘प्रत्येक बर्ष यस प्रतियोगितालाई निरन्तरता दिंदै जाने लक्ष्य लिएका छौं ।’ क्लवले निर्माण गरेको नयाँ चौरलाई चिनाउनुको साथै मनहरी गाउँपालिकाभित्र रहेका क्लवहरुको बीचमा थप सुमधुर सम्बन्ध स्थापनामा प्रतियोगिता सहयोगी बन्ने सचिव उप्रेतीको दावी छ ।
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...


















