२० असोज, हेटौँडा । बकैया गाउँपालिकाको जुइनामा शनिबारदेखि प्रथम वडा गोल्ड कप प्रतियोगीता सुरु भएको छ । शनिबार उद्घाटन भएको पहिलो खेलमा जुइना युवा टिमले गडवान युथ टिमलाइ ४–० ले पराजित गरेको छ । खेल सुरु भएको तेस्रो मिनटमा जुइनाका लागि भगत माझिले गोल गरेर गोल अग्रता सुरु गरेका थिए । लगत्तै ५ औ मिनट्मा गोल गरि अग्रता बढाउदै दोश्रो गोल गरेका माझिले मद्यान्तर पछि ह्याट्रिक गरेका थिए भने प्रकाश वाइवाले अन्तिम गोल गरेका थिए ।
बकैया गाउँपालिका वडा न ६ कार्यलयको आयोजनामा वडा स्तरीय गोल्ड कप फुटबल प्रतियोगिताको गाउँपालिका अध्यक्ष दामोदर खनालले उद्घाटन गरेका थिए । प्रतियोगितामा ६ नम्बर वडाको दुर्गम ज्यामिरे,गड्वान, गवरस्थानका युवा टोलि समेत सहभागी छ्न । २०३५ सालदेखिका वडाबाट प्रतिनिधित्व गरि साबिक गाबिस अध्यक्ष दलबहादुर वाइवा, २०३५ सालमा जननिर्वाचित वडा अध्यक्ष दुधबहादुर भोम्जन,३९ सालमा बिजयी मानबहादुर बज्यु,४३ सालमा बिजयी जय बहादुर न्यासुर, ०४८ सालका शेरबहादुर शिङ्गार, तथा ०५४ का धन बहादुर बज्यु लाई मरनोप्रान्त बिशेश सम्मान नगद सहित दोशल्ला तथा सम्मान पत्र ले सम्मान गरिएको थियो ।
बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे , पुर्व गाविस अध्यक्ष दलबहादुर वाइवा, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधिहरुको सहभागी थियो ।गोल्डकपमा प्रथम हुनेले १५ हजार द्वितीय हुनेले १० र तृतीय हुनेले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ्न । छनौट हुने खेलाडी खुल्ला बकैया गोल्ड्कपमा सहभागी हुनेछ्न । बकैया ६ का वडा अध्यक्ष फुलबहादुर भोम्जनको बिशेश सकृयतामा भएको गोल्डकप फुटबलमा ६ नम्बर वडाका १२ टिमले लिगकम आधारमा २९ गते सम्म प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन ।
१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...
१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरबारस्थित संघीय...
१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...
१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...
१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...
१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...
१५ बैशाख, हेटौंडा। नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...