Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

वडा गोल्ड कपको उद्घाटन खेलमा भगतको ह्याट्रिक

Bakaiya-1538843782.jpg

२० असोज, हेटौँडा । बकैया गाउँपालिकाको जुइनामा शनिबारदेखि प्रथम वडा गोल्ड कप प्रतियोगीता सुरु भएको छ । शनिबार उद्घाटन भएको पहिलो खेलमा जुइना युवा टिमले गडवान युथ टिमलाइ ४–० ले पराजित गरेको छ । खेल सुरु भएको तेस्रो मिनटमा जुइनाका लागि भगत माझिले गोल गरेर गोल अग्रता सुरु गरेका थिए । लगत्तै ५ औ मिनट्मा गोल गरि अग्रता बढाउदै दोश्रो गोल गरेका माझिले मद्यान्तर पछि ह्याट्रिक गरेका थिए भने प्रकाश वाइवाले अन्तिम गोल गरेका थिए ।
बकैया गाउँपालिका वडा न ६ कार्यलयको आयोजनामा वडा स्तरीय गोल्ड कप फुटबल प्रतियोगिताको गाउँपालिका अध्यक्ष दामोदर खनालले उद्घाटन गरेका थिए । प्रतियोगितामा ६ नम्बर वडाको दुर्गम ज्यामिरे,गड्वान, गवरस्थानका युवा टोलि समेत सहभागी छ्न । २०३५ सालदेखिका वडाबाट प्रतिनिधित्व गरि साबिक गाबिस अध्यक्ष दलबहादुर वाइवा, २०३५ सालमा जननिर्वाचित वडा अध्यक्ष दुधबहादुर भोम्जन,३९ सालमा बिजयी मानबहादुर बज्यु,४३ सालमा बिजयी जय बहादुर न्यासुर, ०४८ सालका शेरबहादुर शिङ्गार, तथा ०५४ का धन बहादुर बज्यु लाई मरनोप्रान्त बिशेश सम्मान नगद सहित दोशल्ला तथा सम्मान पत्र ले सम्मान गरिएको थियो । 
बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे , पुर्व गाविस अध्यक्ष दलबहादुर वाइवा, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधिहरुको सहभागी थियो ।गोल्डकपमा प्रथम हुनेले १५ हजार द्वितीय हुनेले १० र तृतीय हुनेले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ्न । छनौट हुने खेलाडी खुल्ला बकैया गोल्ड्कपमा सहभागी हुनेछ्न । बकैया ६ का वडा अध्यक्ष फुलबहादुर भोम्जनको बिशेश सकृयतामा भएको गोल्डकप फुटबलमा ६ नम्बर वडाका १२ टिमले लिगकम आधारमा २९ गते सम्म प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार