२७ असोज, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संस्थाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् ।
हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभालाई शनिवार सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले सबैको सामुहिक र ईमान्दरी प्रयासले मात्रै समृद्धि आउने बताए । उनले सहकारी संस्थाहरुले कर्जा प्रवाह गर्दा आर्थिक समृद्धिको आधार पहिल्याउनु पर्नेमा जोड दिए ।
साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन,कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा संचारकर्मी विजय पौडेल, ज्येष्ठ शेयर सदस्य हर्कबहादुर चौलागाई, देवकुमारी अर्याल, नियमित बचत गर्ने गोपालप्रसाद पोखरेल, जुनकिरी माया डंगोल, संस्थागत शेयर सदस्य रविन्द्रकुमार गौतम र मधुकुमार दंगाल, असली कारोवारीमा देवनारायण दंगाल र लिला नेपालीलाई सम्मानित गरिएको थियो । यसैगरी शेयर सदस्य वृद्धि गर्न सहयोग गर्ने उदय विडारी र गोपालराज भट्टराई, उद्यमी व्यवसायीमा धु्रवप्रसाद गौतम, स्वास्थ्यकर्मी तर्फ उत्सव चौलागाई, कर्मचारीमा सहायक व्यवस्थापक झम्कप्रसाद गौतमलाई पनि सम्मानित गरिएको थियो ।
संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, राष्ट्रिय सहकारी बैक हेटौडा शाखाका प्रमुख रामेश्वर अर्याल,मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, साईराम साकोसका अध्यक्ष राजेन्द्रप्रसाद पौडेल, नारीचेतना साकोसका अध्यक्ष ज्ञानु अर्याल, हेटौडा साकोसका उपाध्यक्ष सावित्री अधिकारी, सल्लाहकार बद्रीबहादुर पाठक, गणेशकुमार श्रेष्ठ, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञानु क्षेत्री, शेयर सदस्य बालकृष्ण चौलागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...



-1786686763.jpg)














