३१ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका ३ हाडीखोलामा सन्चालन भएको प्रथम लामिटार कप फुटबल प्रतियोगिता २०७५ को उपाधी आयोजक लामिटार यूथ क्लवको पोल्टामा परेको छ ।
मङ्गलबार भएको फाइनल भिडन्तमा सुनाचुरीको सयपत्री युवा क्लवलाई टाइब्रेकरमा ५का विरुद्ध ३ गोल अन्तरले हराउँदै आयोजकले उपाधी कब्जा गरेको हो । निर्धारित ९० मिनेटको समय खेल दुई दुई गोलको बराबरीमा टुङ्गिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । लामिटारका पाचै जना खेलाडीको प्रहार गोलमा परिणत हुँदा सुनाचुरीका एक खेलाडीको प्रहार लामिटारका गोलरक्षक इश्वर रिजालले रोकेका थिए ।
आयोजक लामिटारले प्रथम लामिटार कपको उपाधिसहित नगद ५० हजार रुपैयाँ हात पार्दा सुनाचुरी २५ हजारमा चित्त बुझाउन बाध्य भएको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक लामिटारका इश्वर रिजाल, उत्कृष्ट डिफेन्डर सुनाचुरीका उत्तम श्रेष्ठ बेष्ट मिड्फिल्डर लामिटारकै अबिनास राई र बेष्ट फरवार्ड लामिटारकै टिम क्याप्टेन सुमन राई घोषित भए । बेष्ट खेलाडीहरुलाई ट्रफीसहित नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । बिजयी तथा उत्कृष्ट खेलाडीलाई ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, क्लव अध्यक्ष गणेशदर्पण अधिकारीलगायतले ट्रफी, नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी बानियाँले लामिटारको खेल मैदानलाई व्यवस्थित गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
पुरस्कार वितरण कार्यक्रममा बानियाले चौरलाई थप ब्यवस्थित बनाउदै सुबिधासम्पन्न खेल मैदानको रुपमा विकास गर्न एन्फामा पहल गर्ने बताए साथै उनले उक्त चौरलाई मनहरी गाउँपालिकाकै नमुना खेलमैदानको रुपमा विकास गर्ने प्रतिव्द्धता व्यक्त गरे बानिया त्यसै क्षेत्रबाट निर्वचत प्रदेश संसद हुन उनले नेकपामा उमेदवार राजा राम स्याताङलाई हराएका थिए । प्रतियोगिताको लागि उनले प्रथम पुरस्कार रकम ५० हजार सहयोग उपलब्ध गराएका थिए ।
कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले मनहरी गाउँपालिकालाई कृषि, पर्यटनसङ्गै खेल क्षेत्रमा समेत विकास गरिने बताए । क्लव अध्यक्ष गणेश दर्पण अधिकारीले मैदानलाई थप व्यवस्थित बनाउदै आगामी बर्ष पुरस्कार राशी समेत बढाउदै प्रतियोगिता सन्चालन गर्ने बताए । कार्यक्रममा प्रतियोगिताका सहयोगीहरुलाई कदरपत्र प्रदान गरिएको थियो । क्लवले प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई सम्मान गरेको थियो । समापनमा दोस्रो पुरस्कारका सहयोगी चिरञ्जीवी ढकालका प्रतिनिधि अर्जुनप्रसाद पुडासैनी, क्लवका सल्लाहकार रघुनाथ खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए भने नेपाली काङ्ग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, सहयोगी नवराज उप्रेती, पर्सा राष्ट्रिय निकुञ्ज काउन्सिल अध्यक्ष पदम तितुङ्ग, लामिटार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष गोपी अर्याल, स्थानीय समाजसेवीहरुलगायतको आतिथ्यता थियो ।
१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...





-1782436668.jpg)











-1780-1781487498.jpg)
