३१ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका ३ हाडीखोलामा सन्चालन भएको प्रथम लामिटार कप फुटबल प्रतियोगिता २०७५ को उपाधी आयोजक लामिटार यूथ क्लवको पोल्टामा परेको छ ।
मङ्गलबार भएको फाइनल भिडन्तमा सुनाचुरीको सयपत्री युवा क्लवलाई टाइब्रेकरमा ५का विरुद्ध ३ गोल अन्तरले हराउँदै आयोजकले उपाधी कब्जा गरेको हो । निर्धारित ९० मिनेटको समय खेल दुई दुई गोलको बराबरीमा टुङ्गिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । लामिटारका पाचै जना खेलाडीको प्रहार गोलमा परिणत हुँदा सुनाचुरीका एक खेलाडीको प्रहार लामिटारका गोलरक्षक इश्वर रिजालले रोकेका थिए ।
आयोजक लामिटारले प्रथम लामिटार कपको उपाधिसहित नगद ५० हजार रुपैयाँ हात पार्दा सुनाचुरी २५ हजारमा चित्त बुझाउन बाध्य भएको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक लामिटारका इश्वर रिजाल, उत्कृष्ट डिफेन्डर सुनाचुरीका उत्तम श्रेष्ठ बेष्ट मिड्फिल्डर लामिटारकै अबिनास राई र बेष्ट फरवार्ड लामिटारकै टिम क्याप्टेन सुमन राई घोषित भए । बेष्ट खेलाडीहरुलाई ट्रफीसहित नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । बिजयी तथा उत्कृष्ट खेलाडीलाई ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, क्लव अध्यक्ष गणेशदर्पण अधिकारीलगायतले ट्रफी, नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी बानियाँले लामिटारको खेल मैदानलाई व्यवस्थित गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
पुरस्कार वितरण कार्यक्रममा बानियाले चौरलाई थप ब्यवस्थित बनाउदै सुबिधासम्पन्न खेल मैदानको रुपमा विकास गर्न एन्फामा पहल गर्ने बताए साथै उनले उक्त चौरलाई मनहरी गाउँपालिकाकै नमुना खेलमैदानको रुपमा विकास गर्ने प्रतिव्द्धता व्यक्त गरे बानिया त्यसै क्षेत्रबाट निर्वचत प्रदेश संसद हुन उनले नेकपामा उमेदवार राजा राम स्याताङलाई हराएका थिए । प्रतियोगिताको लागि उनले प्रथम पुरस्कार रकम ५० हजार सहयोग उपलब्ध गराएका थिए ।
कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले मनहरी गाउँपालिकालाई कृषि, पर्यटनसङ्गै खेल क्षेत्रमा समेत विकास गरिने बताए । क्लव अध्यक्ष गणेश दर्पण अधिकारीले मैदानलाई थप व्यवस्थित बनाउदै आगामी बर्ष पुरस्कार राशी समेत बढाउदै प्रतियोगिता सन्चालन गर्ने बताए । कार्यक्रममा प्रतियोगिताका सहयोगीहरुलाई कदरपत्र प्रदान गरिएको थियो । क्लवले प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई सम्मान गरेको थियो । समापनमा दोस्रो पुरस्कारका सहयोगी चिरञ्जीवी ढकालका प्रतिनिधि अर्जुनप्रसाद पुडासैनी, क्लवका सल्लाहकार रघुनाथ खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए भने नेपाली काङ्ग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, सहयोगी नवराज उप्रेती, पर्सा राष्ट्रिय निकुञ्ज काउन्सिल अध्यक्ष पदम तितुङ्ग, लामिटार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष गोपी अर्याल, स्थानीय समाजसेवीहरुलगायतको आतिथ्यता थियो ।
२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...
२९ बैशाख, झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छिन्...
२९ बैशाख, बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राईले जनता समाजवादी पार्टी नेपालमै रहने...
२९ बैशाख, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका...
२९ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन...
२९ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।...
२९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
२८ बैशाख, हेटौंडा। प्रतिनिधिसभाको शुक्रबारबाट सुरु भएको बैठक जेठ १ गतेसम्मका लागि स्थगन भएको छ। गृहमन्त्री...
२८ बैशाख, हेटौंडा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बर्ड फ्लु सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने कुनै...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...
१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...