Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

मनहरीले सुरु गर्यो बाली बिमा

IMG_20250723_205204-1753283248.jpg

७ साउन,हेटौंडा। मकवानपुरकाे मनहरी गाउँपालिकाले बाली बिमा गर्न कार्यको सुरुवात गरेकाे छ । बुधबार दिउँसो मनहरी गाउँपालिका वडा नम्बर ७बाट बाली बिमा कार्यक्रम सुरु गरिएकाे हाे । 

मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरलगायतकाे उपस्थितिमा बुधबार महनरी-७ का सेतेलाल जिम्बाकाे १९ कठ्ठा खेतमा लगाइएकाे धानबालीकाे बिमा गरी कार्यक्रम सुरु गरिएकाे हाे । अहिले धानबालीकाे सिजन भएकाले धानबालीकाे बिमा गर्न सुरु गरिएकाे र सिजनअनुसारका सबै अन्नबाली र तरकारी बालीसमेतकाे बिमा गरिने गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिएका छन्। 

अन्नबालीमा किरा तथा अन्य राेगकाे प्रकाेपलगायतका कारण अन्न उत्पादन नहुने कारण किसान मर्कामा परिरहेकाले अन्न उत्पादन नभएका कारण किसानलाई हुने हानी नाेक्सानीकाे क्षतिपूर्ति भराउने उद्धेश्यले गाउँपालिकाले यश वर्षबाट बाली बिमा कार्यक्रम सुरु गरेकाे गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिएका छन्। 
बालीबिमाका लागि गाउँपालिकाले शिखर ईन्स्यारेन्ससँग सम्झाैता गरि कार्य थालनी गरिएकाे हाे । धानबाली बिमा गर्न इच्छुक किसानलाई निवेदन दिन गाउँपालिकाले एक हप्ताअघि नै सूचना जारी गरेकाे थियाे । सबै वडा कार्यालयहरुमार्फत बाली बिमा गरिने गाउँपालिकाले जनाएकाे छ । बाली बिमा गर्दा कुल बिमाङ्क रकमकाे ८० प्रतिशत रकम गाउँपालिकामार्फत संघीय सरकारले अनुदान दिने व्यवस्था छ भने २० प्रतिशत रकम किसान आफैँले बेहाेर्नुपर्नेछ । बाली बिमाकाे २० प्रतिशत बिमाङ्क रकमसमेत तिर्न नसक्ने विपन्न किसानकाे बिमाङ्क भुक्तानी गाउँपालिकाले गरिदिने गरी बजेट छुट्याइएकाे अध्यक्ष कालाखेतीले बताए । 

बाली बिमा सुरु भएसँगै अब अन्नबालीमा राेग किराकाे प्रकाेप साथै वन्यजन्तुबाट गर्ने क्षतिबापत किसानले क्षतिपूर्ति पाउने भएकाले किसानले राहत अनुभूति गर्ने गाउँपालिका उपाध्यक्ष सीता पुलामीले विश्वास व्यक्त गरिन्।आगामी दिनमा अन्य अन्नबाली र तरकारी बिमाकाे कार्यक्रमलाई पनि अघि बढाइने उनले बताइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार