Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

किरणले हेटौँडामा खोले सुविधा सम्पन्न सैलुन

Kiran-Saloon-1541067394.jpg

१५ कार्तिक, हेटौँडा । युवा व्यवसायी किरण अधिकारीले हेटौँडामा सुविधा सम्पन्न सैलुन संचालन गरेका छन् । विगत १८ बर्षदेखि यो पेशामा आवद्ध उनले हेटौँडा–४ स्कूलरोड स्थित ग्रिन हाउस भवनमा सुविधा सम्पन्न नेपोलियन हेयर एण्ड व्युटि सैलुन संचालन गरेका हुन् । 
८ बर्ष अघि स्वरोजगारका लागि कपाल काट्ने सैलुन संचालन गरेका उनले ५ जनालाई रोजगारी दिने योजनासहित व्यवसायिक ढंगले काम थालेका छन् । सैलुनको युवा राष्ट्रिय परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै ढुंगले युवाहरु नै समृद्धिको संवाहक भएको बताउँदै युवाहरुलाई प्रवद्र्धन गर्न परिषद तयार रहेको बताए । उनले विदेशमा जस्तो सुकै काम गर्न तयार हुने युवाहरुले स्वादेशमा भने काम गर्न हिच्किचाउने गरेको गुनासो गरे । 
कार्यक्रममा बोल्दै मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाई, सुशिल घिमिरे लगायतले सैलुन व्यवसायमा राम्रो आम्दानी भएपनि युवाहरुको आकर्षण नहुँदा लाखौं रुपैँया भारत जाने गरेको बताए । युवाहरु बेरोजगार भएको तथ्यांक भएपनि सिपयुक्त युवाहरुको अभाव रहेको भन्दै सिपयुक्त हुन सके रोजगारीको अवसरका लागि कुनै समस्या नरहेको बताए । 
कार्यक्रममा सैलुनका संचालक अधिकारीले युवाहरुलाई तालिम प्रदान गर्ने र गुणस्तरीय सेवा प्रदान गर्नका लागि व्यवसायिक ढंगले संचालन गर्न लागेको सैलुनमा १५ लाख रुपैँया लगानी भएको जानकारी दिए । उनले सैलुन व्यवसाय गर्न सके स्वदेशमै युवाहरु आर्थिक रुपमा सवल हुन सक्ने दावि समेत गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg