२८ मंसिर, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष टिकाप्रसाद ढकालले चालु आव ०७५/०७६ को प्रस्तावित कार्यक्रम, व्यवस्थापक अर्जुनप्रसाद तिमल्सिनाले आव ०७४/०७५ को प्रगति प्रतिवेदन र लेखा संयोजक ताराप्रसाद देवकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा बढी दिन दूध विक्री गर्ने सीता तिमल्सिना, गणेश कठायत, नियमित दूध विक्री गर्ने विमला योन्जन, दुर्गाप्रसाद हुमागाई र चन्द्रप्रसाद घिमिरे, गुणस्तरीय दूध विक्री गर्ने सीता सापकोटा, कृष्णप्रसाद घिमिरे र हरीप्रसाद सापकोटालाई पुरस्कृत गरिएको थियो । यसैगरी सफा दूध विक्री गर्ने सरीता ढकाल, सुकुमाया मोक्तान, राजन तिमल्सिना, संस्थापक अध्यक्ष जगनाथ तिमल्सिना, पूर्वअध्यक्ष गोपीकृष्ण सापकोटा संस्थापक संचालक सदस्य ध्रुवप्रसाद देवकोटा लगायतकालाई सम्मान गरिएको थियो ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष टिकाप्रसाद ढकालको सभाध्यक्षतामा सम्पन्न भएको भेलामा मकवानपुरगढी ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना,युवा तथा साना व्यवसायी संघकी संयोजक मीना अर्याल, संचारकर्मी भीमसेन पौडेल, संस्थाकी उपाध्यक्ष सावित्रीदेवी तिमल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले आव ०७४/०७५ मा किसानहरुलाई ५१ लाख ५४ हजार २ सय १६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । संस्थामा २ सय ५५ जना शेयर सदस्यहरु आवद्ध रहेका छन ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















