Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

प्राधिकरणले भाडा बृद्धि गरेको प्रति आईएसपिएएनको विरोध

पुस १५ गतेबाट १३ प्रतिशत अतिरिक्त दुरसंचार सेवा शुल्क लिने

Ispan-1545383474.jpg

६ पुस, हेटौँडा । नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बृद्धि गरेको प्रति इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आईएसपिएएनले विरोध गरेको छ ।
आईएसपिएएनका अध्यक्ष भोजराज भट्टद्वारा हस्तक्षरित ध्यानाकर्षण पत्रमा प्राधिकरणले आफ्नो पोल इन्टरनेट सेवा प्रदायकले प्रयोग गरेबापत भाडा बृद्धि गर्दा इन्टरनेट सेवाको मूल्यमा असर पर्ने भन्दै न्यायोचित भाडा दर कायम गर्न माग गरिएको छ । ध्यानाकर्षण पत्रमा उक्त भाडा दर बृद्धि हुँदा इन्टरनेटको मूल्य बृद्धि हुने र यसको मार इन्टरनेट सेवा प्रयोगकर्तामा पर्ने भएकाले यसतर्फ ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

अहिले प्राधिकरणबाट ५ गुणाभन्दा बढिले भाडा बृद्धि भएकोले यो अस्वभाविक रहेको बताईएको छ । भाडा दर कायम गर्न नेपाल विद्युत प्राधिकरण, नेपाल दुरसंचार प्राधिकरण, आईएसपिएएन र केबल टिभि एशोसियसन समेतको समिति गठन गरी भाडा बृद्धिको उचित निकास दिन माग गरिएको छ ।

यसैगरी, आईएसपिएएनले सूचना तथा संचार प्रविधि मन्त्रीसंग इन्टरनेटको मूल्य समायोजन गर्ने बारे भएको सम्झौता कार्यान्वयनका लागि समेत माग गरेको छ । सम्झौता भएको ५ महिना भईसक्दा समेत कार्यान्वयनका लागि सम्बन्धित निकायले तत्परता नदेखाएको आईएसपिएएनको गुनासो छ । पटक पटक अनुरोध गर्दा समेत कुनै निकास नआएकाले इन्टरनेट सेवा प्रदायकहरुले पुस १५ गतेबाट १३ प्रतिशत अतिरिक्त दुरसंचार सेवा शुल्क लिने निर्णय गरेको समेत सूचना तथा संचार प्रविधि मन्त्रीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

Isss-1545383474.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार