File Photo
१२ पुस, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार प्रदेशसभा सदस्यहरु सभामुख सानुकुमार श्रेष्ठमाथि खनिएका छन् । उनीहरुले प्रदेशसभालाई कर्मकाण्डी ढंगबाट संचालन गरेको भन्दै आपत्ति जनाए । उनीहरुले सभामुखले शुन्य र विशेष समयको व्यवस्था भएपनि नराखेको भन्दै आक्रोश व्यक्त गरे ।
बैठकमा बोल्दै विवेकशिल साझा पार्टी र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले शुन्य र विशेष समयको व्यवस्था नराखेको प्रति सभामुखको ध्यानाकर्षण गराएका थिए । बैठकमा बोल्दै विवेकशिल साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले नागरिकको आवाज उठाउने स्थान संसद भएपनि यसलाई सभामुखले कर्मकाण्डी बनाएको बताए । यसबाट सत्तापक्ष मख्ख परेको भन्दै उनले नागरिकको जीवनसंग नजोडिएको संसद के संसद भन्दै गुनासो गरे । प्रदेश सरकारबाट इन्धनको अनियमितता भएको विषय बाहिर आएको भन्दै उनले भ्रष्टाचार र अनियमितताबारे कुरा उठाउने अवसरबाट बन्चित गर्न शुन्य र विशेष समय नराखिएको दावि गरे ।
त्यसैगरी, नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रभात तामाङले प्रदेशसभा बैठक सांसदहरुका लागि मात्रै भएको बताए । प्रदेशमा भएका सामाजिक, आर्थिक र दैनिक समस्याबारे बोल्ने अवसरबाट बन्चित गरिएको उनको भनाई थियो । उनले प्रदेशका समस्यालाई संसदमा जानकारी गराउने व्यवस्थाका लागि सभामुखको ध्यानार्कषण गराएका थिए ।
विशेष र शुन्य समय नराखिएपछि केही प्रदेशसभा सदस्यहरुले विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा आफ्ना धारणा राखेका थिए । नेकपाका प्रदेशसभा सदस्य बद्री मैनालीले विधेयकसंग सम्बन्धित विषय नभएपनि भन्दै नुवाकोटमा मिनि ट्रक दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका थिए । त्यस्तै, नेपाली कांग्रेसका प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले प्रदेश राजधानीको निक्र्यौल विना उद्योग, कलकारखाना आउने सम्भावना नरहने भन्दै यसलाई यथाशिघ्र टुंगो लगाउन माग गरेका थिए ।
प्रदेश सभाको दोस्रो अर्थात बर्षे अधिवेशन अन्त्य हुनु अघि विशेष र शुन्य समयको व्यवस्था हुने अपेक्षा गरिएपनि सभामुख सानुकुमार श्रेष्ठले बुधबार र विहिबार बसेको बैठकमा विशेष र शुन्य समयको व्यवस्था रहेको जानकारी गराएका थिए ।
१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...
१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...
१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...
१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...
१५ बैशाख, हेटौंडा । व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...
३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भू-भागमा साधारणतया...
४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...
३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...






-1777363227.png)











