२७ पुस, सुनसरी । सुनसरीका व्यवसायी फिदा हुसेनको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुहवी नगरपालिका ९ छाताबेलीका ब्यवसायी हुसेनको गोली हानी हत्या गर्ने समूहका चार जना अभियुक्तलाई प्रहरीले घटनाको ५१ औं दिनपछि पक्राउ गरी सार्वजनिक गरेको समाचार कान्तिपुरमा छ ।
व्यक्तिगत रिसइवी र आर्थिक लेनदेनमा भएको असमझदारीको कारण हुसेनको हत्या भएको प्रहरीले जनाएको छ । हत्याका मुख्य योजनाकार छाताबेलीका मोहमद शाकीम हुसेन, दुहवी १२ सीतापुरका विशम्बर यादव, छाताबेलीकै मोहमद जाबीर हुसैनलाई क्षेत्रीय अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको सक्रियतामा पक्राउ गगरी सार्वजनिक गरिएको हो । अर्का अभियुक्त छाताबेलीकै जफर मियालाई बाँके प्रहरीले पक्राउ गरी सुनसरी प्रहरीलाई बुझाउने जनाएको छ ।
प्रहरीले उनीहरुले प्रयोग गरेको कटुवा पेस्तोल खोका सहितको एक थान, गोली २ राउण्ड र चक्कु एकथान बरामद गरेको छ । घटनापछि दुहवी १२ मा रहेको लक्ष्मीनारायणको मन्दिर परिसरमा रहेको नरिवलको रुखमुनि खनेर हतियार लुकाएको अवस्थामा अभियुक्तको बयानका आधारमा प्रहरीले सो हतियार बरामद गरेको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।
व्यवसायी हुसेनलाई मंसिर ५ गते बिहान सात बजे जयबाबा इँटा भट्टा जाने सुनसरी मोरङ सिंचाइ आयोजनाको शाखा नहरमा गोली हानिएको थियो । मोटरसाईकलमा आएका एक ब्यक्तिले हुसेनमाथि गोली प्रहार गरी भागेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याका अभियुक्त पक्राउ गर्नुपर्ने र मृतकलाई शहिद घोषणा गर्नु पर्ने माग राखि उनको शव नै सडकमा राखेर दुहवीबासीले आन्दोलन गरेका थिए ।
८ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको...
८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली...
८ जेठ, काठमाडौं। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...
८ जेठ, हेटौंडा। हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...
८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...
८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...
८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...
८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...
८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
८ जेठ, हेटौंडा। हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...