Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भारतीय राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता

02112016041109Muk-Bhandar-1478084854.jpg

१७ कार्तिक, काठमाण्डौ । नेपाल भ्रमणका लागि बुधबार काठमाण्डौ अाईपुगेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । काठमाण्डौ अोर्लिए लगत्तै राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएको हो

भेटवार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवम् जनस्तरको सम्बन्धलाई थप सुदृढ तुल्याउनेबारे छलफल भएको जनाईएको छ । वार्ता पारस्परिक हितमा केन्द्रित रहेर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभाप्रति बधाई ज्ञापन गरेको पौड्यालको भनाई छ ।

भेटवार्तामा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, राष्ट्रपतिका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी उपस्थित थिए ।

त्यसैगरी भारतका रक्षा राज्यमन्त्री सुभास भामरे, सांसदहरू एल गानेसन, जगदम्बिका पाल, राजकुमार सिंह, भुवनेश्वर कलिता, विदेश सचिव एस जयशङ्कर, नेपालका लागि भारतका राजदूत रणजीत रायलगायतको उपस्थिति थियो ।

यसअघि भारतीय राष्ट्रपति मुखर्जीलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत लगायतले स्वागत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

थप समाचार