२१ कार्तिक, हेटौँडा । नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले आफुहरुको हस्ताक्षर विना जानकारी लोकमान प्रकरणमा प्रयोग गरिएको बताएका छन् । उनले विकासे कामका लागि संसदिय दलमा भएको हस्ताक्षर लोकमानको महाअभियोगमा प्रयोग भएको बताएका हुन् । हेटौँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाअभियोग सिफारिस समितिका सदस्य समेत रहेका सांसद विडारीले एमालेको हस्ताक्षर समेत त्यस्तै ढंगबाट आएको दावि गरे ।
‘अन्य प्रयोजनमा गरिएको हस्ताक्षर थाहै नदिई लोकमानको महाअभियोगमा प्रयोग गरिएछ ।’–उनले भने–‘तर पछि थाहा पाएपछि हामीले यसबारे विरोध गरेनौं ।’ कुन प्रयोजनका लागि हस्ताक्षर गरिएको थियो भन्ने पत्रकारको जिज्ञासामा विडारीले भने–‘विजुलीको तार, खम्बा, ट्रान्स्फर्मरका लागि हस्ताक्षर गर्न भनियो, हामीले जिल्लामा माग भएकाले हस्ताक्षर गरिदियौं तर पछि त्यो सही लोकमान प्रकरणमा प्रयोग गरिएछ ।’ विडारीले आगामी दिनमा हस्ताक्षरको दुरुपयोग नहुनेतर्फ पार्टीमा छलफल गरिएको बताए ।
उनले एमालेमा पनि संसदिय दलको बैठकको उपस्थिति हस्ताक्षरण लोकमान प्रकरणमा प्रयोग भएको दावि गरे । लोकमान व्यवस्था नै फेल गराउन अग्रसर भएकाले महाअभियोगको प्रक्रिया अघि बढाउनु परेको उनको भनाई छ । एन्फा प्रकरणतर्फ लक्षित गर्दै उनले भने राजतन्त्रवादीका मुद्धालाई वेवास्ता र गणतन्त्रवादीका मुद्धालाई बढि ध्यान दिने काम लोकमानबाट भईरहेको विडारीको भनाई छ । सर्वोच्च अदालतको म्याद तामेलिमा अवरोध र संसदिय समितिको अवमूल्यन गर्नु संवैधानिक निकायको प्रमुखको हैसियतमा लोकमानले गरेको गम्भिर गल्ति भएको कानूनका जानकार विडारीले बताए ।
संविधान संशोधनमा एमाले, महाअभियोगमा काँग्रेस सहमत
सांसद रामनारायण विडारीले छिटै नै संविधान संशोधन हुने दावि गरे । उनले एक साता अघि नै संविधान संशोधनबारे सहमति जुटेको दावि गरेका हुन् । उनले महाअभियोग प्रकरणले संविधान संशोधनको विषयमा सहमति जुटाउन सहयोग गरेको बताए । उनका अनुसार संविधान संशोधनमा एमाले र महाअभियोग पारित गर्नेमा काँग्रेस सहमत भईसकेका छन् । दुबै काम प्रक्रिया अनुसार अघि बढ्ने उनले बताए ।
संविधान संशोधनमा उठेका सिमांकन, अंगिकृत नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विषयमा सहमति जुटेको उनको भनाई छ ।
१ माघ, हेटौंडा । गैँडाको आक्रमणबाट चितवनको माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का ५६...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
१ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो...
१ माघ, हेटौंडा। यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट हुने भएको छ। शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा...
१ माघ, हेटौंडा । माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी...
१ माघ, हेटौंडा । नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न...
१ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
२९ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ...
२० पुस, हेटौंडा। हेटौंडा १२ र १३ को सिमानामा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार शनिबार...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
२३ पुस, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा केही समय अघि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१९ पुस, हेटौंडा । हेटौंडा-२ मकवानपुर बहुमुखी क्याम्पस अगाडि शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा २ जना...
१८ पुस, हेटौंडा । हेटौंडा धरान-चतरा सडक अन्तरगत हेटौंडा-६ हात्तिलेटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका...
१८ पुस, हेटौंडा । अन्तर-पुस्ता महिलावादी मञ्चको अनुपम अभियान अन्तरगत बिहीबार हेटौंडा-६ चुच्चेखोलामा सचेतना...